विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

स्याङ्जा । विद्युत् उत्पादन गरी आफैँले वितरणसमेत गर्दै आएको बुटवल पावर कम्पनी (बिपिसी) लिमिटेडको लापरबाहीका कारण करेन्ट लागेर ज्यान गुमाउने तथा घाइते हुनेहरूको सङ्ख्या बढ्दै गएको छ । वितरण प्रणालीलाई भरपर्दो, मजबुत र दिगो नबनाउँदो यस्ता घटना दोहोरिइरहेका हुन् ।

९.४ मेगावाटको आँधीखोला र १२ मेगावाटको झिमरुक जलविद्युत् आयोजना निर्माण गरी सञ्चालन तथा विद्युत् वितरण गरिरहेको बिपिसीले ग्राहक–सेवामा पर्याप्त ध्यान नदिएको गुनासो लामो समयदेखि सुनिँदै आएको छ । स्याङ्जाको आँधीखोला जलविद्युत् केन्द्र सञ्चालन तथा वितरण क्षेत्रमा त कम्पनीको लापरबाही चरम हुन थालेको स्थानीयको आरोप छ ।

गल्याङ नगरपालिका–३ मा सञ्चालनरत आधिखोला जलविद्युत् केन्द्रको लापरबाहीले विद्युत् वितरण गरिएका क्षेत्रमा तार लत्रिने, स्थानीयवासीलाई करेन्ट लाग्ने र मृत्यु हुने सम्मका घटना बढ्दै गएको स्थानीय पत्रकार भूपराज बस्यालले बताए । ‘सिंगो गाउँ नै जोखिममा परेको भन्दै पटक–पटक स्थानीयले हारगुहार गरे पनि बेवास्ता हुँदै आएको छ,’ बस्यालले भने, ‘विद्युत् वितरणका क्रममा तार व्यवस्थापनमा ध्यान नदिँदा वालिङ नगरपालिका–१३ को उदियाचौर गाउँ नै जोखिममा परेको छ ।’

घाँस काट्ने क्रममा लत्रिएको वितरण तारबाट करेन्ट लागेर सिकिस्त घाइते भएका भीरकोट नगरपालिका–६ तापतारीका ५५ वर्षिय मनि खनालको उपचारमा समेत कम्पनीले बेवास्ता गरेको बस्यालको भनाइ छ ।

पुस १२ गते घरनजिकै कुटमिराको घाँस झार्ने क्रममा करेन्ट लागेर खनाल घाइते भएका थिए । उनका छोरा बिष्णु खनालका अनुसार घाँस झार्ने क्रममा रुखमै करेन्ट लागेर भुइँमा खसेका थिए । उनको ३ दिनसम्म पोखराको जिएमसी हस्पिटलमा उपचार गरी काठमाडौँ कीर्तिपुरको जलन हस्पिटलमा उपचार भइरहेको छ ।

वितरण लाइनको तार घर नजिकै कुटमेरोको रुखको डालोसम्म लत्रेको र त्यहीँबाटआफ्नो बुवालाई करेन्ट लागेको खनालले बताए । ‘करेन्ट लागेर बेहोस भएपछि भुइँमा पछारिनु भयो, बुबालाई छिमेकीको सहयोगमा भीरकोट सामुदायिक अस्पताल लगियो,’ उनले भने, ‘लगत्तै पोखरा जिएमसी हस्पिटल पुर्‍याएर ३ दिन आइसियुमा राखेर उपचार गरेपछि बल्ल काठमाडौँ पुर्‍याइएको हो ।’

बिपिसी अन्तर्गतको आँधीखोला जलविद्युत् केन्द्रले अहिलेसम्म बेवास्ता गरेको खनालको भनाइ छ । उनका अनुसार यस विषयमा वडा कार्यालयमा निवेदन दर्ता गरिएको छ । कतैबाट सहयोग भएको छैन । पछिल्लो समय जिल्लामा यस्ता घटना बढ्दै गएको स्थानीयवासीको भनाइ छ ।

जलविद्युत् केन्द्रका प्रमुख डोलप्रसाद खरेलले वितरण तारले छोइएको रुख काट्न जाँदा जग्गाधनीबाट विरोध भएको बताए । ‘हामीले त्यो काट्ने प्रयास गरेका हौँ तर घाँसको रुख भन्दै काट्न दिइएन, अहिले यस्तो दुर्घटना भयो,’ उनले भने, ‘घटना घटे पनि कुनै कार्यविधिमा उपचार खर्च बेहोर्ने व्यवस्था नभएको हुँदा आर्थिक सहयोग गर्न सकिएको छैन ।’

नियामक निकाय विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले यस्तो अवस्थामा क्षतिपूर्ति दिनुपर्ने बताए । ‘आँधीखोलाकै लापरबाहीले घटना घटेको हो भने क्षतिपूर्ति दिनुपर्छ,’ उनले भने, ‘यस विषयमा अहिलेसम्म आयोगमा उजुरी परेको छैन, उजुरी परे हामी कारबाही गर्ने छौँ ।’

वितरण लाइन व्यवस्थित र प्रभावकारी बनाउने प्रयास हुँदै आए पनि स्थानीयले विरोध गर्दै आएको बिपिसीको तर्क छ । जलविद्युत् केन्द्रको आम्दानी घट्दै गएको र विद्युत् महसुल वृद्धि गर्ने पटक–पटक प्रयास भए पनि त्यो नहुँदा सेवामा सुधार ल्याउन नसकिएको उसले स्वीकारेको छ । महसुल वृद्धिका विषयमा स्थानीय र बिपिसीबीच अझैसम्म कुरा मिल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३