विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनकाे बिजुली प्रयोग गरेवापतको बक्यौता महसुल नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले लाइन काटेपछि उद्योगका कर्मचारीले आन्दोलन सुरू गरेका छन् । उद्योग बन्द हुँदा रोजगारी गुमेको भन्दै रिलायन्स स्पिनिङ मिल्समा कार्यरत मजदुर आन्दोलनमा उत्रिएका हुन् ।

प्राधिकरणले बिजुलीको लाइन काटिदिएपछि बेरोजगार बनेका मिल्सका करिब ४ हजार कर्मचारी प्लेकार्डसहित प्रर्दशनमा उत्रिएका रिलायन्स मिल्सका उपाध्यक्ष महेश पोखरेलले बताए । सुनसरीको खनारस्थित मिल्सका मजदुर ८  गतेदेखि नै सडक आन्दोलनमा उत्रिएका हुन् ।

‘उद्योगलाई विद्युत् देऊ, रोजगार खोसिएका मजदुरलाई रोजगारी देऊ’ भन्ने नाराका साथ उनीहरू आन्दोलित भएका हुन् ।

‘प्राधिकरणले पुस ६ गते उद्योग परिसरकै लाइन काट्यो, लाइन काटेको केही दिनपछि नै प्रत्यक्ष रूपमा ४ हजारभन्दा बढी मजदुर आन्दोलनमा उत्रिएका हुन्,’ पाेखरेलले ऊर्जा खबरसँग भने, ‘बेरोजगार भएका मजदुरहरूले सुनसरीस्थित विद्युत् प्राधिकरणको वितरण शाखा र जिल्ला प्रशासन कार्यालयमा धर्ना बसेका छन् साथै सडक पूरै अवरुद्ध गरिरहेका छन् ।’

प्राधिकरणले विद्युत् लाइन काटेपछि उद्योग पूर्णरुपमा ठप्प भएर मजदुर बेरोजगार भएको र विद्युत् अभावमा उद्योग परिसरमा खानेपानीको समेत समस्या भएको उनले जानकारी दिए । मिल्सको कर्मचारी क्वाटरमा समेत बत्ती नहुँदा अँध्यारोमा बस्न बाध्य छन् । मिलमा १ हजार ६०० महिलासहित ४ हजार मजदुर कार्यरत छन् ।

रिलायन्सका मजदुरको सडक आन्दोलनप्रति जुट गार्मेन्ट कार्पेट टेक्सटायल यूनियन, नेपाल कारखाना श्रमिक संघ, अखिल नेपाल औद्योगिक मजदुर संघ र समाजवादी कारखाना श्रमिक संघले ऐक्यबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit