काठमाडौं । छ्याङदी हाइड्रो पावर कम्पनीलेआगामी माघ ११ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सस्थापक तथा आफ्ना सेयरधनी सदस्यलाई हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
सय रुपैयाँ अंकित ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २ सय ५० कित्ता हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेयरधनीका लागि चुक्ता पुँजीको १०ः३ (३० प्रतिशत) सेयर निष्कासन गर्न लागिएको हो ।
लगानीकर्ताले आगामी फागुन २ गतेसम्म आवेदन दिन पाउने कम्पनीले जनाएको छ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबधक तोकिएको छ ।
कम्पनीको ६ मेगावाटको २ जलविद्युत आयोजनाले विद्युत उत्पादन गरिरहेका छन् । ४ मेगावाटको माथिल्लो छ्याङदीले गत मंसिर २४ गतेदेखि व्यापारीक उत्पादन सुरु गरेको हो । २ मेगावाटको छ्याङदी खोला सानाले लामो समयदेखि विद्युत उत्पादन गरिरहेको छ ।