विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको शुक्रबार सम्पन्न साधारणसभाले कम्पनीकाे सञ्चालक पदमा सर्वसाधारण समूहबाट ४ जनालाई निर्वाचित गरेको छ । साधारण सभाले प्राधिकरणको पूर्व उपकार्यकारी निर्देशकसमेत रहेकी शान्तिलक्ष्मी शाक्यलाई दोस्रो कार्यकालका लागि सञ्चालक पदमा निर्वाचित गरेको छ । 

सञ्चालकमा निर्वाचित भएपछि शाक्यले ऊर्जा खबरसँग भनिन्, ‘चिलिमेका सहायक कम्पनीहरूले अघि बढाएका परियोजनाहरु निर्माणको अन्तिम चरणमा छन् । तिनलाई सफलतापूर्वक सञ्चालनमा ल्याउन र कम्पनीमा गुड कर्पोरेट गभर्नेन्स बनाउन मेरो भूमिका रहने छ ।’

त्यस्तै, साधारणसभाले तुलसीराम ढकाल, रामप्रसाद रिमाल र भीमप्रसाद तिमल्सिनालाई पनि सञ्चालकमा निर्वाचित गरेको छ । रिमाल र तिमल्सिनालाई तेस्रो कार्यकालका लागि र ढकाललाई चौथो कार्यकालका लागि निर्वाचित गरेकाे हाे । रिमाल हाल प्राधिकरणका कर्मचारी पनि हुन् । 

साधारणसभाले कम्पनीका सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र नगद लाभांश ५ प्रतिशतका दरले वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै, बैठकले सञ्चालकहरुको बैठक भत्ता र मासिक भत्तामा वृद्धिसमेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit