काठमाडौँ । सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलले सेयरमूल्य समायोजन गरेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयरमूल्य समायोजन भएको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ र बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
कम्पनीको ११ प्रतिशत बोनस सेयर नेप्सेले वैशाख १९ गते समायोजन गरेको हो । समायाेजनपछि कम्पनीको सेयरमूल्य ७२९ रूपैयाँ ७३ पैसा कायम भएको छ । सोही समायोजित मूल्यका आधारमा यस दिन दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।
कम्पनीले बैशाख ३१ गते (सोमबार) साधारण सभा बोलाएको छ । सभा बिहान ८ बजे शुरु हुनेछ ।
साधारणसभाले दुई आर्थिक वर्षको लागि हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभाँश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।