विद्युत अपडेट

  • प्राधिकरण : ९४५४ मे.वा.घन्टा
  • सहायक कम्पनी : १४०१४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५१७३ मे.वा.घन्टा
  • आयात : ४३१ मे.वा.घन्टा
  • निर्यात : २०८४९ मे.वा.घन्टा
  • ट्रिपिङ : २८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६९३५८ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : ३२१५ मे.वा.
२०८३ असोज २०, मङ्गलबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । ऊर्जा क्षेत्रको विकास, नीतिगत सहजीकरण तथा परियोजना कार्यान्वयनका क्रममा देखिने समस्या समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निजी क्षेत्रको समेत सहभागितामा उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रालयको ऊर्जा महाशाखाका सहसचिव सुनिल पौडेलको संयोजकत्वमा उक्त समिति गठन गरेको हो । 

समितिमा कानुन तथा फैसला कार्यान्वयन महाशाखाका सहसचिव यज्ञ प्रसाद भट्टराई, विद्युत् विकास विभागका उपमहानिर्देशक र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ सदस्य रहेका छन् । समितिमा निजी क्षेत्रको तर्फबाट स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का प्रतिनिधिहरू नरेन्द्र बल्लभ पन्त, अभिज्ञा मल्ल र अनुप आचार्य तथा इन्जिनियर शिरिष पाण्डेलाई सदस्यका रूपमा मनोनयन गरिएको छ ।

समितिको सदस्यसचिवमा मन्त्रालयको नवीकरणीय ऊर्जा तथा कार्बन व्यापार प्रवर्द्धन शाखाका सिनियर डिभिजनल इन्जिनियर शालिकराम भण्डारी रहेका छन् ।

यो उच्चस्तरीय समितिले ऊर्जा क्षेत्रका आयोजना तथा परियोजनाहरूमा देखा पर्ने नीतिगत, कानुनी तथा व्यावहारिक एवं कार्यान्वयनस्तरका जटिलताहरू पहिचान गरी सहजीकरणका लागि सरकारलाई आवश्यक सुझाव दिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३