विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी कोरोनाबाट संक्रमित भएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूमा गरिएको परीक्षणबाट उनमा कोरोना पुष्टि भएको हो ।

कोरोनाको लक्षण देखिएपछि सोमबार (बैशाख १३ गते) मन्त्री रायमाझी सहित परिवारका सदस्य तथा मन्त्रालयमा उनको सचिवालयमा काम गर्ने कर्मचारीको स्वाव परीक्षण गर्न टेकू पठाइएको थियो । मंगलबार आएको रिपोर्टमा मन्त्री सहित उनकी श्रीमती, छोरा–छोरी, निजी सचिव नारायण खत्री र भान्से महेश पन्तीलाई समेत कोरोना पुष्टि भएको छ ।

कोरोना संक्रमित भए पनि मन्त्री रायमाझी, उनको परिवारको स्वास्थ्य सामान्य रहेको निजी सचिवालयले जानकारी दियो । आफ्नो स्वास्थ्य अवस्था पनि सामान्य रहेको निजी सचिव खत्रीले ऊर्जा खबरलाई बताए । रायमाझीलाई वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit