विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
इपानद्वारा पीएसएको स्वागत

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले नेपाल र बंगलादेशबीच भएको ४० मेगावाट विद्युत् बिक्री सम्झौता (पीएसए) को स्वागत गरेको छ । इपानले आइतबार विज्ञप्ति जारी गरी सम्झौताको स्वागत गर्दै अब नेपाल र बंगलादेशबीच सरकारीदेखि निजीस्तरसम्म नै ऊर्जा सहकार्य हुने आशा व्यक्त गरेको छ । गत शुक्रबार (असोज १७ गते) नेपाल विद्युत् प्राधिकरणले भारतीय कम्पनी एनटीपीसीको ग्रिड तथा मथ्यस्तता प्रयोग गरी ४० मेगावाट विद्युत् बंगलादेश पावर डेभलपमेन्ट बोर्डलाई बिक्री गर्ने गरी काठमाडौँमा त्रिपक्षीय सम्झौता भएको थियो । 

बंगलादेशले सन् २०३९ भित्र नेपालबाट ९ हजार मेगावाट आयात गर्ने लक्ष्य राखेकोले त्यसलाई पूरा गर्ने कार्यमा सघाउन निजी क्षेत्र सँधै तयार रहेको पनि इपानले जनाएको छ । नेपाल र बंगलादेशबीचको बिजुली व्यापारमा वृद्धि भए  नेपालको अर्थतन्त्रमा पनि उल्लेखनीय योगदान पुग्ने उसको भनाइ छ । यसका लागि प्राधिकरणले रोकिराखेको विद्युत् खरिद सम्झौता (पीपीए) तत्काल पूर्ण रूपमा खुला गर्नुपर्ने भनाइ छ । साथै निजी क्षेत्रलाई विद्युत् निर्यातका लागि अनुमतिपत्र दिने, बैँक तथा वित्तीय संस्थाले ऊर्जामा लगानी बढाउने, सरकारले ऊर्जा उत्पादनका लागि थप सहुलियतका कार्यक्रम घोषणा गर्ने तथा ऊर्जा आयोजना निर्माणका लागि हाल देखिएका नीतिगत, प्रशासनिक तथा प्रक्रियागत समस्या समाधानका लागि सरकार तत्पर हुनुपर्ने इपानको माग छ । 

२०८१ साल असोज १६ गते काठमाडौमा भएको नेपाल बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को छैटौँ बैठकले नेपालको जलविद्युत् क्षेत्रमा लगानीको प्रवर्द्धन गर्न, बंगलादेशको निजी क्षेत्रलाई आकर्षित गर्न व्यवसायिक सम्मेलनको आयोजना गर्ने सम्बन्धमा सम्भावनाहरूको खोजी गर्ने सहमतिले पनि दुई देशका निजी क्षेत्रबीचमा सहकार्य र साझेदारी अघि बढाउन सहयोग पुग्ने इपानले जनाएको छ । बैठकको यो सहमति कार्यान्वयनमा लान इपानले माग गरेको छ ।   

हाल निजी क्षेत्रका ४ हजार मेगावाट बराबरका आयोजना निर्माणाधीन अवस्थामा छन् भने १४ हजार मेगावाट बराबरका आयोजना निर्माणमा जान लागेका भन्दै इपानले ती आयोजनामा लगानीसँगै निर्माण, परामर्शदाता, (इक्विपमेन्ट) आपूर्ति लगायतका अवसरका लागि अग्रसर हुने बंगलादेशका निजी क्षेत्रलाई आह्वान गरेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३