विद्युत अपडेट

  • प्राधिकरण : ६३५४ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७१५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९८८१ मे.वा.घन्टा
  • आयात : १३६०६ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६५५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३५२११ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १६१६ मे.वा.
२०८१ ब‌ैशाख ४, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सडक बत्तीकाे बाँकी महसुल छिटाे बुझाउन आग्रह गरेकाे छ । विद्युत महसुल बक्यौतामा ठुलो हिस्सा सडक बत्तीकाे रहेकोले बाँकी महसुल बुझाउन अनुराेध गरेकाे हाे ।

सडक बत्तीको मापन गरिएअनुसारकाे महसुल भुक्तानी नहुँदा ठुलो नोक्सान भएको भन्दै प्राधिकरणले महसुल तिर्न अनुराेध गरेकाे छ । स्थानीय निकायले प्राधिकरणको कुनै पनि सहमति बिना आफुखुसी गरी सडक बत्ती जडान गरिरहेकाेले अनुमति बिना जडान नगर्न पनि प्राधिकरणले अनुराेध गरेको छ ।

मापन गरिएको विद्युत खपतको समेत महसुल भुक्तानी नहुँदा प्राधिकरणले नोक्सानी व्यहोर्नुपरेको प्राधिकरणले जनाएकाे छ । प्राधिकरणले, प्राधिकरण अन्तर्गत वितरण केन्द्रको सहमति बिना विद्युत लाइनबाट सडक बत्ती जडान नगर्न आग्रह गरेको छ । 

सडक बत्तीका लागि सिङ्गल फेज इनर्जी मिटर प्राधिकरण आफैले निशुल्क उपलब्ध गराउनेछ । एउटा सिङ्गल फेज इनर्जीबाट १०० वाटको ५० वटाभन्दा बडी सडक बत्तीको विद्युत खपत मापन गर्न सकिने हुँदा प्रत्येक सडक बत्तीलाई छुट्टाछुट्टै इनर्जी मिटर उपलब्ध नगराउने पनि प्राधिकरणले जानकारी दिएको छ ।

यसैगरी, मिटरको क्षमता तथा सडक बत्ती जडान गरेको क्षेत्रको आधारमा सम्बन्धित वितरण केन्द्रसँग समन्वय गरी स्थानीय निकायले छुट्टै केबल तानी सडक बत्तीका लागि मिटर जडान गर्न पनि अनुरोध गरेको छ । तोकिएको समयमा सडक बत्तीमा मिटर जडान नगरेमा अथवा विद्युत महसुल बाँकी बक्यौता भुक्तानी नगरेमा प्रचलित नियमअनुसार कारबाही हुनेछ ।  

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit