विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ असोज २०, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

लविद्युत् बिमाका लागि नेपाल बिमा प्राधिकरण अर्थात् सरकारको नीतिलाई बिमालेख धारक (जलविद्युत् लगानीकर्ता) को दृष्टिकोणबाट सुक्ष्म ढङ्गले नियाल्दा जलविद्युत् क्षेत्रले विभिन्न समस्या भोगिरहेको देखिन्छ । जलविद्युत् उद्योगलाई बिमाबाट साँच्चिकै सुरक्षित बनाउनको लागि कुनकुन कुरामा ध्यान पुर्‍याउन जरुरी छ त ? जलविद्युत् उद्योगले बिमा कम्पनीहरूबाट भोगिराखेको जल्दोबल्दो समस्या अथवा आजको दिनमा जलविद्युत् उद्योगले भोगिराखेका प्रमुख समस्याहरू यसप्रकार छन् ।

१. बिमा दाबी नदिने
२. क्षतिभन्दा निकै कम दिने
३. क्षतिपूर्ति दिन ढिला गर्ने

उल्लिखित समस्याहरू किन आइरहेका छन् ? यी समस्याहरूको सामाधान कसरी गर्ने ? यस्ता समस्या बिमा कम्पनीहरूले जानाजानी वा मनोमानी हिसाबले उत्पन्न गरेका हुन् ? वा, जलविद्युत् कम्पनीहरूका पनि कमजोरी छन् ? त्यही कारणले समस्याहरू आइरहेका छन् ।

क्षति बमोजिम दाबी नपाउनु, पाए पनि थोरै पाउनु र ढिला गरी पाउनुमा हामीले बिमा कम्पनीलाई दोष दिएर बसेका हुन्छौँ । कुनै मामिलामा बिमा कम्पनीहरू दोषी हुन पनि सक्छन् तर अधिकाँश त्यस्तो हुँदैन । त्यसको सामाधानको लागि बिमा कम्पनीले होईन जलविद्युत् उद्योगले केहि कूरामा सुधार ल्याउन अत्यन्त जरुरी देखिन्छ ।

बिमा कम्पनीहरू भौतिक क्षतिको क्षतिपूर्ति दिन नै बसेका हुन्छन् तर जलविद्युत्कै कमी कमजोरीका कारण क्षति बराबरको दाबी लिन सकिराखेका हुँदैनन् । किनकि, बिमा कम्पनीको नियामक निकाय (नेपाल बिमा प्राधिकरण) ले बिमा कम्पनीलाई दुईटा कुरा स्पष्ट भनेको हुन्छ ।

क) प्रक्रिया पुगेको दाबी तुरुन्त फछ्र्यौट गर्नु ।
ख) प्रक्रिया नपुगेकोलाई फछ्र्यौट गरेमा कारबाही हुन्छ ।
प्रायः सबै क्षतिहरूमा जलविद्युत्कै कमी कमजोरी देखिन्छ, जसले गर्दा बिमा कम्पनीले दाबी फछ्र्यौट गर्न सक्दैनन् । त्यसकारण, क्षति अनुसारको दाबी पाउनका लागि निम्न कुराहरूमा ध्यान पुर्‍याउन जरुरी छ ।

बिमा प्राधिकरणले सम्पत्ति बिमाका लागि सम्पत्तिको प्रकृति अनुसार ६/७ प्रकारका बिमालेख उपलब्ध गराएको छ । जसमध्ये जलविद्युलाई उपयुक्त सम्पत्ति बिमालेख खरिद गर्नु पर्दछ । सम्पत्ति विवरण उपलब्ध गराउँदा हालको बजार मूल्यअनुसार परिमार्जन गरेको हुनुपर्छ । सम्पूर्ण जोखिमहरू बिमालेखमा समेट्नुपर्छ । त्यस्तै, बिमाको शुल्क (प्रिमियम) लाई कहिले पनि जोगाउन वा कम गर्न खोज्नु हुँदैन । किनकि, आज थोरै प्रिमियम जोगाउँदा भोलि दैवी विपत्ति पर्दा धेरै रकमको नोक्सानी हुन जान्छ ।

अन्त्यमा, क्षति भएको सम्पत्ति अविलम्ब (प्रक्रिया पुर्‍याएर) मर्मत गर्ने र सोको जानकारी तथा कम्पनीले मागेका आवश्यक कागजातहरू समयमै उपलब्ध गराउने गर्नुपर्छ । यति कुरामा मात्र ध्यान दिन सकेमा पनि जलविद्युत् उद्योगमा देखिएका बिमा दाबी सम्बन्धी समस्याहरू समाधान हुँदै जान्छन् ।
लेखक, एवान रिईन्स्योरेन्स ब्रोकर कम्पनीका नायब प्रमुख कार्यकारी अकिकृत हुन् ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३