विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ताप्लेजुङ जिल्लाको काबेली खोलामा निर्माण सुरु हुन लागेका दुई जलविद्युत आयोजनामा एनएमबी बैंकको अगुवाईमा राष्ट्रिय वाणिज्य बैंकसमेतले २ बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ लगानी गर्ने भएका छन् ।

बैंकहरूले १३.५ मेगावाटको सुपर काबेली खोला ‘ए’ र १२ मेगावाटको सुपर काबेली खोला क्यासकेडमा लगानी गर्ने विषयमा सम्झौता  भएकाे गरेको हो । काठमाडाैंमा आज आयाेजित एक कार्यक्रमका बीच बैंकहरू र प्रवर्द्धक कम्पनीबीच वित्तीय व्यवस्थापन सम्बन्धी हस्ताक्षर भएको छ।

एनएमबीका अनुसार सुपर काबेली ‘ए’ मा एनएमबीले १ अर्ब र वाणिज्यले ८१ करोड रुपैयाँ लगानी गर्ने तय भएकाे छ । जुन कूल लागतको ७५ प्रतिशत हो, बाँकी २५ प्रतिशत स्वपुँजी लगानी रहनेछ । २ अर्ब ४३ करोड रुपैयाँ लागत अनुमान गरिएको याे आयाेजना स्नो रिभर पावर प्रालिले निर्माण गर्न लागेको छ ।

आयोजनाको सिभिल संंरचनाको काम चालू आर्थिक वर्षभित्र सुरु कम्पनीकाे तयारी छ । आयोजनाको काम २०८० चैत्रभित्र सम्पन्न गरी उत्पादन सुरु गर्ने लक्ष्य रहेको आयोजनाबाट वार्षिक सरदर ८०.८५६ गिगावाट घण्टा विद्युत उत्पादन हुने अध्ययनले देखाएकाे छ ।

यसैगरी, हिल्टन हाइड्रो पावर कम्पनीले निर्माण गर्न लागेको सुपर कोबली क्यासकेडमा १ अर्ब ६० करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । यो पनि कुल लागतको ७५ प्रतिशत हो । बाँकी २५ प्रतिशत स्वपुँजी लगानी रहने आयोजनाबाट २०८० माघभित्र उत्पादन सुरु गर्ने लक्ष्य रहेको छ ।

यो सुपर काबेली ‘ए’ को क्यासकेड आयोजना हो । सुपर काबेली ‘ए’ को टेलरेसबाट झरेको पानीलाई ३ सय ५२ मिटर लामो हेडरेस पाईपमार्फत हेडरेस टनेलमा पुर्याइनेछ । १.९१० किलोमिटर लामो सुरुङ तथा २ सय ९० मिटर लामो पेनस्टक पाइप रहनेछ । आयोजना पूरा भएपछि वार्षिक सरदर ७१.९३७ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ ।

कम्पनीले गरेको काम, कामप्रतिकोे सर्मपण, सक्रियता, प्राविधिक क्षेत्र सबै पक्षबाट प्रभावित भएर आयोजनामा लगानी गरिएको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । उनका अनुसार आयोजनाको काम कम्पनीले निर्धारित समयभित्र सम्पन्न गर्ने विश्वास छ ।

आयोजना निर्माणको क्रममा आवश्यक सहयोग गर्न तयार रहेको एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए । यस्तै, आयोजनामा कम्पनीका कर्मचारी सबैको साझेदारी (पार्टनरसिप) रहने कम्पनीका अध्यक्ष मोहनविक्रम कार्कीले बताए । उनका अनुसार कर्मचारीले आफ्नो क्षमता अनुसारको लगानी गर्नेछन् । साथै, विदेशमा रहने (एनआरएन) ले पनि लगानी गर्ने गरी योजना अघि सारिएको कार्कीले बताए ।

महामारीले बाहेक अन्य कुनै पक्षले आयोजनामा असर नपर्ने पनि कार्कीले बताए । उनका अनुसार तोकिएको समयअगावै, कम लागतमै आयोजना सम्पन्न हुने लक्ष्यका साथ निर्माण सुरु गर्न लागिएको छ । अहिले आयोजनास्थलसम्म पुग्ने पहुँचमार्ग निर्माण भइरहेको छ । दुवै आयोजनाबाट उत्पादन भएको विद्युत नेपाल विद्युत प्राधिकरणको अमरपुर सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैंले निर्माण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit