विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भदौ १९ गतेको मन्त्रिस्तरीय निर्णयबाट दुई सहसचिवको जिम्मेवारी फेरबदल गरेको छ । मन्त्रालय विकास सहायता तथा प्रदेश समन्वय महाशाखा प्रमुख रहेका सहसचिव चिरञ्जीवी चटौतलाई विद्युत विकास विभागको महानिर्देशक र विभागको महानिर्देशक रहेका सन्दिपकुमार देवलाई मन्त्रालयमा चटौतकै जिम्मेवारीमा ल्याउने निर्णय भएको हो ।

२० गते साँझ सरुवाको पत्र बुझेको हुँदा एक–दुई दिनभित्र विभागको जिम्मेवारीमा जाने चटौतले ऊर्जा खबरलाई बताए । उता देवले भने आज (२१ गते) मात्र सरुवाको पत्र बुझ्ने र भोलिसम्म मन्त्रालय हाजिर हुने बताएका छन् । 

चटौतले पछिल्लो एक वर्षदेखि उक्त महाशाखाको जिम्मेवारी सम्हाल्दै आएका थिए भने देव करिब १३ महिना विभागको महानिर्देशकको जिम्मेवारीमा रहे । तत्कालीन समयमा जल तथा ऊर्जा आयोगको सचिवालयमा रहेका देवलाई २०७८ साउन १९ गतेको मन्त्रिस्तरीय निर्णयबाट विभागमा सरुवा गरिएको थियो ।

२०४१ सालमा कञ्चनपुरको महेन्द्रनगरस्थित बैजनाथ माध्यामिक विद्यालयबाट एसएलसी उर्तीण गरेका चटौत २०५२ सालमा इन्जिनियरबाट सरकारी सेवा प्रवेश गरी विभिन्न जिम्मेवारी हुँदै महानिर्देशकमा पुग्न सफल भएका छन् । उनले महेन्द्रनगरकै सिद्धनाथ साइन्स क्याम्पसबाट आइएस्सी उर्तीण गरी भारतबाट इलेक्ट्रिक इन्जिनियरिङमा स्नातक र जलस्रोत विकासमा रुड्की विश्वविद्यालयबाट स्नातकोत्तर गरेका हुन् ।

सुरुमा भूमिगत सिँचाइका क्षेत्रमा काम गरेका उनी २०६१ सालमा विभागमा प्रवेश गरी ९ वर्षसम्म विभिन्न पद हुँदै उपमहानिर्देशकसम्मको जिम्मेवारी सम्हालेका थिए । उनले विभागमै रहँदा ३ वर्ष पञ्चेश्वर विकास प्राधिकरणको कार्यकारी सञ्चालकको जिम्मेवारी समेत सम्हालेका थिए ।

२०६२ सालमा विभाग प्रवेश गरेका देव २०७७ सालसम्म त्यहीँ कार्यरत रहेका थिए भने करिब ९ महिना मन्त्रालय अन्तर्गत जल तथा ऊर्जा आयोगको सचिवालयको जिम्मेवारीमा थिए । उनले महानिर्देशक हुनु अगाडि ५ वर्ष विभागमै उपमहानिर्देशकको जिम्मेवारी समेत सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit