विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । सुन्दर यातायात प्रालिले विद्युतीय सवारी साधन निर्माणका लागि एसेम्बल प्लान्ट निर्माण गर्ने भएको छ । कम्पनीले विद्युतीय सवारी निर्माण तथा मर्मत संभारका लागि आवश्यक उपकरण उत्पादन गर्न प्लान्ट निर्माण गर्न लागेको हो ।

रूपन्देहीको सैनामैना नगरपालिकाले उपलब्ध गराएको १० बिघा जग्गामा प्लान्ट स्थापना गरिने सुन्दर यातायात प्रालिका अध्यक्ष भेष बहादुर थापाले बताए । उनका अनुसार नेपाल औद्योगिक निगम अन्तर्गत मोतिपुर औद्योगिक क्षेत्रमा २५ बिगा जग्गाका लागि फाइल अघि बढेको छ । जग्गाको हकमा सरकारले सहजिकरण गरेको पनि थापाले बताए ।

विश्वभरी महामारी रुपमा फैलिएको कोभिड–१९ का कारण लगाइएकाे निषेधाज्ञा हटेलगतै प्लान्ट स्थापनाको काम सुरू गरिनेछ । प्लान्टकाे काम सुरू भएको ६ महिनाभित्र संरचना तयार गरिने थापाले बताए । 

संरचना तयार भएको एकवर्षभित्र सवारी एसेम्बल गरि सञ्चालन गर्ने योजना छ । प्लान्टबाट वार्षिक रूपमा १ हजार गाडी एसेम्बल गर्न सके पनि शुरूवातमा ५० वटा गाडी एसेम्बल गरिने छ ।

‘चीनको सिचुवान गुहाङ अटोमोबाइल्स र बीएके कम्पनीको सहकार्यमा नेपालमै पहिलो पटक उक्त प्लान्ट स्थापना गर्न लगिएको हो,’ उनले ऊर्जा खबरसँग भने, ‘ प्लान्ट राख्न १ अर्ब  रुपैयाँ खर्च हुने अनुमान गरेका छाैं ।’

कम्पनीले अहिले उपत्यकामा ५ वटा विद्युतीय बस सञ्चालन गरिरहेको छ । ३ वटा चार पाङग्रे सवारी (हाइस) को परिक्षण गरिरहेको छ । साथै, ९ वटा विद्युतीय बस आउँदै छ । लकडाउनले गर्दा आधा बाटोमा रोकिएको छ । लकडाउन खुल्ने लगतै थप ६ वटा हाइस ल्याउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३