विद्युत अपडेट

  • प्राधिकरण : ५३२५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५८१४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १६७०८ मे.वा.घन्टा
  • आयात : १००५२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८१७९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : मे.वा.
२०८२ फाल्गुण १, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत नियमन आयोगले ट्रंक तथा डेडिकेटेड लाइनको विषयमा समाचार लेख्दा विश्वसनीयतामा ध्यान दिन पत्रकारहरूलाई अपिल गरेको छ । केही समयदेखि यसबारे त्रुटिपूर्ण समाचार बाहिर आएको भन्दै आयोगले विज्ञप्ति नै जारी गरेर ध्यानाकर्षण गराएको हो ।

ट्रंक तथा डेडिकेटेड लाइन प्रयोग गरी विद्युत उपयोग गरिरहेका ग्राहकबाट असुलउपर गर्नुपर्ने विद्युत महसुलको सम्बन्धमा केहि पत्रपत्रिका तथा सञ्चार माध्यम र सराेले आयोगको नाम जोडि भ्रमपूर्ण अभिव्यक्ति सम्प्रेषण भएकोप्रति गम्भिर ध्यानाकर्षण गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल विद्युत प्राधिकरण तथा उद्योगी/व्यवसायीहरूबीच विद्युत महसुल सम्बन्धी विवादको सिर्जना करिब ८ वर्ष अगाडी भएको विभागले जनाएको छ । सोही विवादका सम्बन्धमा प्राधिकरण सञ्चालक समितिको २०७२ असार १२ गते सबेको ७१० औं बैंठकको निर्णय बमोजिम डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत उपयोग भएको विद्युतको प्रिमियम चार्जसहित महसुल लागू गर्ने निर्णय भएको थियो ।

आयोगले यस विषयकाे मुद्दा अदालतमा विचाराधिन रहेकाेले यस बारे भ्रमपूर्ण अभिव्यक्ति नदिन आग्रह गरेकाे छ । विज्ञप्तिमा भनिएकाे छ ‘२०७५ कात्तिक २० गते भएको फैसलामा चित्त नबुझाई प्राधिकरणले फैसला पुनरावलोकनका लागि निवेदन दिएकोमा उक्त अदालतको पूर्ण इजलासबाट २०७७ माघ १५ गते पुनरावलोकन अनुमति प्रदान भएको र सो मुद्दा हालसम्म विचारधीन रहेको छ ।’

 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३