विद्युत अपडेट

  • प्राधिकरण : ५७४७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३८३६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४८०७ मे.वा.घन्टा
  • आयात : ९११६ मे.वा.घन्टा
  • निर्यात : 0 मे.वा.घन्टा
  • ट्रिपिङ : ३४५५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३६९६२ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : १८८२ मे.वा.
२०८२ ब‌ैशाख २१, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले नेपालको ऊर्जा विकास तथा सिँचाइको क्षेत्रमा जर्मन सरकारसँग थप सहकार्य गर्ने विषयमा छलफल गरेका छन् । बिहीबार मन्त्रालयमा नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत बेन्जामिन साइडले गरेको शिष्टाचार भेटका क्रममा मन्त्री खड्काले आगामी दिनमा दुई देशबीचको थप सहकार्यका विषयमा छलफल गरेका हुन् ।  

भेटमा जर्मनीले नेपाललाई गर्दै आएको सहयोगलाई कसरी थप प्रभावकारी बनाएर अगाडि बढ्ने भन्नेबारे छलफल भएको ऊर्जा मन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री खड्काले यसअघि जर्मन सरकारले नेपालको जलविद्युत्, वैकल्पिक तथा नवीकरणीय ऊर्जाका क्षेत्रमा गरेको सहयोगप्रति धन्यवाद समेत ज्ञापन गरे । 

उनले नेपालले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको बताउँदै उक्त लक्ष्य प्राप्तिका लागि नेपालको जलविद्युत् आयोजनामा लगानी गर्न जर्मन सरकारलाई आग्रह गरे ।

भेटमा कार्यवाहक राजदूत साइडेलले नेपालको ऊर्जा क्षेत्रको विकासमा जर्मनीको निरन्तर साथ र सहयोग रहँदै आएको बताए । आगामी दिनमा पनि उक्त साथ र सहयोग निरन्तर रहने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३