विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज १, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपालको अग्रणी परामर्शदाता कम्पनी  चिलिमे इन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनी लिमिटेड (चेस्को) ले लाइडार जडित ड्रोन सञ्चालनमा ल्याएको छ । ऊर्जा, जलविद्युत् तथा अन्य पूर्वाधारसँग सम्बन्धित क्षेत्रमा अध्ययन तथा परामर्शका काम गर्दा अन्तर्राष्ट्रिय गुणस्तरको सेवा प्रदान गर्ने उद्देश्यले यस्तो आधुनिक प्रविधि प्रयोगमा ल्याइएको हो ।

उक्त उपकरणले विस्तृत सर्भे कार्यमा नयाँ आयाम थपेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रजेशविक्रम थापाले बताए । 'यो प्रविधिले पूर्वाधार विकास सम्बन्धी अध्ययन तथा कार्यका लागि महत्त्वपूर्ण भूमिका खेल्नेछ,' उनले भने, 'यसबाट जलविद्युत्, प्रसारण लाइन, बाँध, सडक, सिँचाइ, रेलमार्ग, वातावरणीय अध्ययन तथा शहरी विकास लगायत आयोजनामा काम गर्न सहयोग पुग्नेछ ।'

प्रसारण लाइन जस्ता पूर्वाधारको तथ्याङ्क सङ्कलन गरी कम्पनीको पुँजी व्यवस्थापन गर्न  समेत महत्त्वपूर्ण सहयोग पुग्ने उनको भनाइ छ । यस उपकरणले जमिनबाट ५०० मिटर माथिसम्म, उडाएको ठाउँबाट १० किलोमिटर दूरीबाट समेत सही तथ्याङ्क सङ्कलन गर्न सक्ने क्षमता रहेको चेस्कोले जानकारी दिएको छ। यसअघि कूल स्टेसन (टोटल स्टेसन) तथा डीजीपीएस (DGPS) मार्फत गर्ने गरिएको थियो ।

विगतका प्रविधिमा केन्द्रित रहेर काम गर्दा धेरै समय लाग्ने तथा खर्चिलो समेत हुने हुँदा हालको लाइडार जडित ड्रोनले कामलाई धेरै नै प्रभावकारी एवम् परिणाममुखी बनाउने पनि थापाले जानकारी दिए । ठूला आयोजनामा लाइडार सर्भे गराउँदा विदेशीको भर पर्नुपर्ने र पुँजी पलायन हुने अवस्थामा नियन्त्रण भई मुलुकभित्रै दक्ष जनशक्तिबाट गुणस्तरीय काम गर्न सकिने उनले प्रस्ट पारे ।

चेस्कोले लाइडार जडित ड्रोन प्रविधिबाटै नेपाल विद्युत प्राधिकरण अन्तर्गतको ३३० किलोमिटर लामो गण्डक-नेपालगञ्‍ज २२० केभी प्रसारण लाइन आयोजनाको सर्भे कार्य शुरू गरेको जनाएको छ । यो प्रविधिको जियोम्याटिक्स इन्जिनियर सुवास भुसाल र प्रेक्षन सुवेदीले पाइलटिङ (उडाउने) गर्ने जनाइएको छ ।

यो कामसँगै परामर्श सेवाका क्षेत्रमा आधुनिक प्रविधि मार्फत काम गर्ने चेस्को पहिलो कम्पनी भएको छ । यस प्रकारको प्रविधि मार्फत भएको अध्ययनले आगामी दिनमा इन्जिनियिरङ सेवा र सम्पूर्ण पूर्वाधार विकासमा ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ । नेपालमा परामर्श कम्पनीको रूपमा चेस्को सहित एनईए इन्जिनियरिङ कम्पनी तथा निजी क्षेत्रका सानिमा इन्जिनियरिङ, हाइड्रो कन्सल्ट, युनिट्स इन्जिनियरिङ लगायत दर्जन जति कम्पनीहरूले काम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३