विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ भदौ २१, आईतबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

दोलखा । रसुवाको भोटेकोसीमा आएको बाढीपछि तामाकोसी पाँचौँ जलविद्युत् आयोजनाको निर्माण कार्यमा बाधा पुगेको छ । चौबीसै घण्टा सुरुङ खन्ने काम भइरहेको आयोजनामा ११ दिनदेखि चट्टान विस्फोट (ब्लास्टिङ) को काम बन्द भएको हो ।  

भदौ ११ गतेदेखि अर्को सूचना नआएसम्मका लागि रातिको समयमा ब्लास्टिङ नगर्न निर्देशन आएपछि रातिको काम बन्द गरेको आयोजना प्रमुख हेमन्त भट्टले जानकारी दिए ।  आयोजनामा विस्फोटक पदार्थ भण्डारण सुरक्षाको काम नेपाली सेनाले गर्दै आएको छ । त्यस्तै, सुरुङभित्र चट्टान फुटाउन विस्फोट गराउने काममा सेनाकै उपस्थितिमा हुने गरेको छ ।

वर्षात्‌को समयमा बाढी पहिरोको जोखिमलाई ध्यान दिएर रातमा हुने गरेको विस्फोटको काम बन्द गराएको हुन सक्ने उनले बताए । उनका अनुसार आयोजनाको अरू काम भने ठेकेदारले नियमितरूपमा गरिरहेका छ । 

आयोजनाको सुरुङ खन्दा चट्टानमा प्वाल पार्ने (ड्रिलिङ), विस्फोटक पदार्थ हाल्ने, विस्फोट गराउने र सफा गर्दै अघि बढ्ने गरिन्छ । कमजोर चट्टान भएको ठाउँमा सपोर्ट पनि दिँदै जानु पर्दछ । सामान्य अवस्थामा दैनिक १५ देखि २० मिटरसम्म सुरुङको प्रगति हुने गरेकोमा अहिले त्यसको गति घटेको छ । विस्फोटको काम बन्द हुँदा सुरुङ निर्माणको गति आधा घटेको आयोजना प्रमुख भट्टको भनाइ छ ।

आयोजनाको मुख्य हेडरेस सुरुङको कुल लम्बाई ८ हजार ११० मिटर छ । आयोजनाको पछिल्लो प्रगति विवरणअनुसार हालसम्म १ हजार ५ सय ४ मिटर अर्थात् १९.११ प्रतिशत सुरुङ खनिएको छ ।

उनका अनुसार फेस–१ मा ७४४.४३, फेस–२ मा २४५.६८, फेस–३ मा २११.६४, फेस–४ मा १११.३७, फेस–५ मा १२८.२१, फेस–६ मा ६४.२४ र फेस–७ मा ४३.५१ मिटर सुरुङ खनिएको छ । त्यस्तै, ५६२ मिटर लामो टेलरेस सुरुङमध्ये ६६ मिटर अर्थात् ११.७४ प्रतिशत काम सम्पन्न भएको छ ।
भूमिगत विद्युत्‌गृहको निर्माणका लागि भने तेस्रो तहको उत्खनन ९५.२१ प्रतिशत पूरा भइसकेको छ । चौथो तहको उत्खनन २२.४५ प्रतिशत पुगेको आयोजनाको विवरणमा उल्लेख छ । आयोजनाको सिभिल तर्फको चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनले गरिरहेको छ । 

आयोजनाको निर्माण यसअघि नै वन क्षेत्र प्रयोग तथा सार्वजनिक जग्गा भोगाधिकारसम्बन्धी स्वीकृति प्रक्रियामा भएको ढिलाइका कारण करिब आठ महिनासम्म प्रभावित भएको थियो । स्वीकृति पाएपछि निर्माणले गति लिन थालेको अवस्थामा भोटेकोसी बाढीपछि रातिको ब्लास्टिङ रोकिँदा सुरुङ निर्माणमा फेरि असर पर्ने हो कि भन्ने चिन्ता देखिएको छ । आयोजनाले २०८५ असार ३० गतेदेखि व्यावसायिक विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । 

तामाकोसी नदी कोरिडोरसमेत बाढीपहिरोको उच्च जोखिमको क्षेत्र मानिन्छ । भोटेकोसीमा विनाशकारी बाढीपछि सुरक्षा जोखिमलाई विश्लेषण गरी वर्षायाममा रातको समयमा काम रोकिएको अनुमान छ । यो क्यासकेड आयोजनाबाट माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट निस्कने पानीलाई पुनः प्रयोग गरी ९९.८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।

यसैबीच, आयोजनाले विद्युत्‌गृहका विद्युतीय तथा यान्त्रिक उपकरण र प्रसारण लाइन निर्माणका लागि चीनको हाङझाउ जियाङहे हाइड्रोइलेक्ट्रिक साइन्स एन्ड टेक्नोलोजी कम्पनी लिमिटेडसँग सम्झौता गरिसकेको छ । सम्झौतापछि ठेकेदार कम्पनीले आवश्यक उपकरणको डिजाइनको काम थालिसकेको तामाकोसी पाँचौँका प्रबन्ध सञ्चालक रामकुमार यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३