विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हेटौंडा क्षेत्रको विद्युत सेवा बन्द गरेकाे छ । प्राधिकरणले ६६ केभी हेटौडा–परवानीपुर डबल सर्किट  प्रसारण लाइनमा नयाँ टावर थप गर्न र पुरानो कन्डक्टर बदली गर्नका लागि सेवा बन्द गरेकाे हो ।

नेपाल सरकार र प्राधिकरणको सयुक्त लगानीमा सञ्चालित यस डबल सर्किट प्रसारण लाइनको टावर नम्बर ३१७ देखि टावर नम्बर ३२३ सम्म २ वटा नयाँ टावर थप गर्न र पुरानो कन्डक्टर निकाली बढी क्षमताको नयाँ  (एचटीएलएस) कन्डक्टर तान्ने कार्यका लागि सेवा बन्द गरिएकाे  प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सोमबार (आज) बिहान ७ बजेदेखि लाइन बन्द गरी पोल थप गर्ने र बढी क्षमताको कन्डक्टर तान्ने काम सुरु भएको छ ।

प्रसारण लाइन २० गते (बुधबार) पनि बन्द हुनेछ । लाइनको स्तरोन्नती तथा मर्मत अवधिभर सेवा साँझ ५ बजेसम्म बन्द हुनेछ । सोमबार परवानीपुर सबस्टेसनको ६६ केभी हेटौडा फिडर–बन्द गरिएको छ ।

यो फिडर बन्द हुदाँ हिमाल आईरन इण्डस्ट्रिसको विद्युत सेवा पूर्ण रुपमा बन्द हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार नारायणी स्पात र त्रिवेणी स्पिनिङ मिललाई हेटौडा सबस्टेसनको फिडर–२ वाट आपूर्ति गरिने भएकोले लाइनको क्षमताको नपुगेको खण्डमा मात्र सेवा काटिनेछ ।

यस्तै, बुधबार भने हेटौडा सबस्टेसनको परवानीपुर फिडर–१ र २ र परवानीपुर सबस्टेसनको हेटौडा फिडर–२ को सेवा बन्द हुनेछ । फिडर बन्द हुँदा यी फिडरबाट वितरण हुने सम्पूर्ण क्षेत्रको सेवा बन्द हुनेछ । 

प्राधिकरणले यसअघि पनि टावर नम्बर ३०२ देखि ३१० दुँदै टावर नम्बर ३१४ र ३१५ को बिचमा ५ वटा नयाँ टावर थप र पुरानो कन्डक्टर निकाली बढी क्षमताको कन्डक्टर तान्ने काम गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit