विद्युत अपडेट

  • प्राधिकरण : ७८८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२४५४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४३२८८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १९६२९ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६३६३१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९९ मे.वा.
२०८२ साउन २४, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले  ६४.६ किलोमिटर लामो निजगढ–पोखरिया ४०० केभी लाइन निर्माण गर्ने भएको छ । यसका लागि अनुमतिपत्रको माग गर्दै प्राधिकरणले विद्युत् विकास विभागमा आवेदन दिएको छ ।

२ हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न मिल्ने गरी निर्माण प्रस्ताव गरिएको उक्त लाइन बडल सर्किटको हुने छ । आयोजना अन्तर्गत १५५ मिटरदेखि ५६१ मिटरसम्मको दूरीमा करिब ६० मिटर अग्ला १८५ वटा टावरहरू निर्माण गरिने छन् । ती टावरहरुमा एसिआर ‘क्वाड मोस् कन्डक्टर’ जडान गरिने छन् ।

त्यस्तै, ४००/१३२/३३ केभिका निजगढ (रौतहट), ४००/१३२/३३/११ केभीको रमौली (बारा) र ४००/१३२/३३/११ केभीको पोखरिया (पर्सा) गरी ३ वटा सबस्टेशनसमेत निर्माणका लागि प्रस्ताव गरिएको छ ।

प्रसारण लाइन प्रस्तावित रौतहटको गुजरा नगरपालिका–१ र २ मा प्रस्तावित निजगढ सबस्टेशनबाट सुरु भई फतुवा विजयपुर नगरपालिका–११, बाराको कोल्हबी नगरपालिका, करैयामाई गाउँपालिका, कलैया उपमहानगरपालिका, जितपुर–सिमरा उपमहानगरपालिका, पर्सागढी नगरिपालिका, सखुवा प्रसौनी गाउँपालिका, जगरनागपुर नगरपालिका हुँदै पर्सामा प्रस्तावित पोखरीया सबस्टेसम्म निर्माण हुने छ ।

आयोजनालाई टावर निर्माण, सबस्टेसन निर्माण प्रसारण लाइनको विद्युत् मार्ग अधिकार क्षेत्र (राईट अफ वे) र भण्डारण तथा कामदार शिविर स्थापनाका लागि कुल ३१०.६४७ हेक्टर जग्गा आवश्यक पर्ने जनाइएको छ ।

आयोजना निर्माण कार्य ४ वर्ष भित्र सम्पन्न गरिने लक्ष्य राखिएको छ । यो आयोजना निर्माणपछि सो क्षेत्रको विद्युत् प्रवाह र भारतबाट विद्युत् आयात निर्यात सहज हुने अपेक्षा गरिएको छ ।

प्रसारण लाइन निर्माण गर्दा भू–क्षय,बाढी, वायु प्रदूषण आदिद्वारा वातावरणमा कुनै उल्लेखनीय प्रतिकुल असर नपर्ने गरी निर्माण गरिने र त्यस्तो प्रभाव पर्ने देखिए ३५ दिनभित्र लिखित रायसूझाव पेश गर्न आग्रह गर्दै विभागले ३५ दिने सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३