विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले लुम्बिनी प्रदेश कमिटि गठन गरेको छ । ऊर्जा उत्पादक कुबेरमणि नेपालको संयोजकत्वमा साेमबार ७ सदस्यीय कमिटि गठन गरिएको हो ।

नेपाल संयोजक रहेको कमिटिमा जयराम अर्याल सह–संयोगक नियुक्त भएका छन् । सचिवमा सन्तोष अधिकारी र कोषाध्यक्षमा आशिष सुवेदीलाई चयन गरिएको छ ।

यस्तै, सदस्यहरूपमा ध्रुव मिश्र, प्रवीण अर्याल र बलराम उप्रेतीलाई नियुक्त गरिएको छ । नवनियुक्त कमिटिका सबै पधाधिकारीलाई इपान अध्यक्ष कृष्ण आचार्यले सपथ दिलाए ।

कमिटिले लुम्बिनी प्रदेश स्तरमा देखिएका समस्या समाधानका लागि नीतिगत पहल गर्ने आचार्यले बताए । ‘मुलुक संघियतामा गइसकेकाले धेरै ऊर्जा क्षेत्रका धेरै काम प्रदेश स्तरबाट नै गराउनु पर्ने भएको छ,’ उनले भने, ‘यही कारण पनि प्रदेश स्तरका समस्याको नीतिगत समाधानको पहलका लागि यो कमिटि गठन गरेका हौं ।’

उनले इपानको सबै प्रदेश कमिटि बनिसकेपछि प्रदेश स्तरका स्थानीय अवरोध, प्रसारण लाइन निर्माणमा भइरहेको ढिलाईलगायत समस्या समाधानका लागि सम्बन्धित निकायसम्म पहल तथा समन्वय गरेर जाने बताए ।

संघीय संरचना अनुसार इपानको विधानअनुसार प्रदेश कमिटि गठन गरिएको हो । यसअघि डेडराज खड्काको संयोजकत्वमा प्रदेश–१ कमिटि गठन भइसकेको छ । क्रमशः ७ वटै प्रदेशका लागि कमिटि गठन गर्ने इपानले जनाएको छ ।

२०७६ माघ १० गते बसेको इपान सञ्चालक समितिको बैठकले ११ सदस्यीय कार्यसमिति विस्तार गरी २३ पुर्याउने उद्देश्यले विधान संशोधन गरेको थियो । जसअनुसार प्रदेश स्तरमा एक–एक जना संयोजक तोकेर कार्यसमिति गठन गर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३