विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण, मौलापुर वितरण केन्द्रले केन्द्र अन्तर्गतका सम्पूर्ण सेवा अनिश्चित कालका लागि बन्द हुने भएकाे छ । गत (फागुन) ५ गते केन्द्रमा कार्यरत सहायक इन्जिनियर महेन्द्रप्रसाद चौधरीलाई कुटपिट गर्नेमाथि केही कारबाही नभएको र  सरोकारवालाले चासो नदेखाएको भन्दै घट्नाको विरोध गर्दै सबै सेवा बन्द गर्ने घाेषणा गरेको हो ।

कार्यालयको परिसरभित्र त्रिभुवन शाह उर्फ अमरलाल साह र धिरज पाण्डेका नेतृत्वमा आएका २०/३० जनाका समूहले गैरकानूनी रुपमा डाइरेक्ट (हुकिङ) लाइन जडान नगरेको भन्दै इन्जिनियरमाथि कुटपिट गरेका थिए । चौधरीमाथि भौतिक आक्रमण गर्नेउपर कारबाहीकाे माग गर्दै आएपनि एक महिना वितिसक्दा पनि केही नभएपछि केन्द्रले भाेली (बिहीबार) देखि सबै सेवा बन्द गर्ने घाेषणा गरेकाे छ ।

केन्द्रले सम्बन्धीत विषयको बारेमा पटक पटक ध्यानाआकर्षण गराउँदा पनि हालसम्म दोषीमाथि कारवाही नभएको जनाएको छ । सरोकारवाला पक्षले चासो नदेखाए पछि २०७९ चैत १५ गतेसम्म क्रियासिल ट्रेड युनियनका प्रदेश समितिहरूका पदाधिकारी सदस्यहरूले मधेश प्रदेश, प्रादेशिक कार्यालय प्रमुखको कार्यकक्षमा २ घन्टा कालोपट्टी बाँधी धर्ना बस्ने चेतावनी दिएका छन ।

केन्द्रअन्तर्गत प्रभु शाहको संरक्षकत्वमा रहेको पार्क होटल मौलापुर, मौलापुर बसपार्क, टाउनहल मौलापुर र मौलापुर वडा नम्बर ५ को कार्यलयमा स्थापनाकालदेखि हालसम्म विद्युत मिटर जडान नगरी विद्युतको अनधिकृत उपभोग गरिरहेको पनि केन्द्रले जानकारी दिएको छ । उल्लेखित ठाउँहरूमा विद्युत उपयोग गरे बापतको हर्जना सहितको रकम तथा नगरपालिकाले बुझाउनु पर्ने विद्युत महसुल बापतको बाँकी बक्यौता समेत असुल गर्न आदेश दिँदा पनि हालसम्म पनि कार्यान्वयन नभएकाले थप गम्भीर बनाएको क्रियासिल ट्रेड युनियनले जनाएकाे छ ।

केन्द्रले विद्युत जस्तो अत्यावश्यक सेवामा खटिने कर्मचारीमाथि भएको यस दुर्वव्यवहारको घोर भत्र्सना गर्दै दोषीलाई हदैसम्मको कारबाही गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit