images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको कामलाई अगाडि बढाउन आग्रह गरेका छन् । जीएमआर अपर कर्णाली हाइड्राेपावर लिमिटेडका प्रमुख केके शर्मासँको भेटवार्तामा मन्त्री शर्माले लामो समयदेखि निर्माणमा जान नसकेको आयोजनाकाे काम अघि बढाउन आग्रह गरेका हुन् ।

मुख्यमन्त्री शर्माले हालसम्मको आयोजनाको प्रगतिबारे जानकारी लिँदै जतिसक्दो छिटो निर्माण थाल्ने गरी काम गर्न आग्रह गरे । आयोजना कर्णाली प्रदेशसहित मुलुकको महत्वपूर्ण आयोजना भएकाले यसको निर्माणमा तीव्रता दिनुपर्ने सुझाव समेत दिँदै मुख्यमन्त्री शर्माले प्रदेश सरकारका तर्फबाट गर्नुपर्ने आवश्यक पहल तथा समन्वयका लागि तयार रहेको जानकारी दिए ।

आयोजनाका प्रतिनिधि शर्माले आयोजनाअन्तर्गत सबै प्रक्रिया पूरा भएको र अब काम अगाडि बढाउने तयारी भइरहेकाे जानकारी दिएका थिए । १ खर्ब १६ अर्ब रुपैयाँ प्रारम्भिक लगानी हुने अनुमान गरिएकाे सो आयोजना निर्माण–सञ्चालन–हस्तान्तरण(बुट) मोडलमा अघि बढाइएको छ ।

सरकारले ग्लोबल टेण्डरमार्फत २०६४ पुस १५ को निर्णयअनुसार प्राविधिक रूपमा उत्कृष्ट ठहरिएको ग्रान्धि माल्किार्जुन राव (जिएमआर) आईटिडी कन्सोर्टियमलाई उक्त आयाेजना विकास गर्न अनुमति दिएको थियो । सो अनुरुप कम्पनीले प्रचलित रोयल्टीको अलावा १२ प्रतिशत नि:शुल्क ऊर्जा नेपाललाई प्रदान गर्नेछ । साथै, २७ प्रतिशत स्वपुँजी लगानी नेपाल विद्युत् प्राधिकरणलाई नि:शुल्क दिनेछ ।

आयोजना निर्माणमा लान २०७१ असोज ३ मा लगानी बोर्डले जिएमआरसँग परियाेजना विकास सम्झाैता (पिडिए) गरेको थियो । सो सम्झौता अनुसार आयोजनामा लगानी जुटाउन (वित्तीय व्यवस्थापन गर्न) २ वर्षको समय सहित ७ वर्षमा आयोजना निर्माण पूरा गर्नुपर्ने थियो । तर, आयाेजना अझै निर्माणमा जान सकेकाे छैन ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit