विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सूदुरपश्चिम प्रदेशको बजाङमा निर्माणाधीन १५.३३ मेगावाटको कालंगागाड जलविद्युत आयोजनाको विद्युत उत्पादन तालिका सरेर चैतमा पुगेकाे छ । आयाेजनाकाे निर्माण अन्तिम चरणमा पुगिसके पनि गत बर्खामा आएकाे बाढी र पहिराेले संरचनामा पुर्याएकाे क्षतिकाे पुननिर्माण तथा मर्मत संभारको काम नसकिएकाले विद्युत उत्पादन तालिका फेरि धकेलिन पुगेकाे हाे ।

गत असार र साउनमा आएको भीषण वर्षासँगैकाे बाढीले आयोजनाको संरचनामा ठुलो क्षती पुर्याएकोले फेरि विद्युत उत्पादन तालिका सार्नु पर्ने अवस्था आएकाे प्रवर्द्धक कालंगा हाइड्रो इनर्जीका सञ्चालक पुष्प चित्रकारले बताए । उनका अनुसार बाढी पहिरोले आयोजनाको बाँध र सुरुङको मुख क्षेत्र (कल्भर्ड) मा क्षती पुर्याएको थियो ।

‘उपकरण जडान अन्तिम चरणमा पुगेको आयोजनामा बाढीले क्षति पुर्याएपछि उत्पादन धकेलिएको हो,’ उनले ऊर्जा खबरसँग भने, ‘बाढीले बिगारेको संरचनाकाे मर्मत तथा पुनर्निर्माणमा स्थानीयले थप अवरोध गर्दा लक्ष्य अनुसार काम गर्न सकिएन र विद्युत उत्पादन गर्ने समय सार्नु पर्ने बाध्यता आइलाग्याे ।’ उनले बाढीले आयोजनामा १० करोड रुपैयाँ बढीको क्षति पुर्याएकाे बताए ।

स्थानीयले बाढीले बिगारेको संरचना पुनर्निर्माणकाे क्रममा काममा अवरोध गर्दा आयोजना प्रभावित हुन पुगेकाे थियाे । आयोजनाकै कारण बर्खाकाे बाढीले स्थानीय क्षेत्रमा जन–धनकाे ठूलाे क्षति भएकाे आराेप लगाउँदै स्थानीयले काम राेकेका थिए । लामाे समयदेखिकाे अवराेध हटेपछि मात्रै आयोजनाकाे निर्माण सुचारु गर्न सकिएकाले लक्ष्यअनुसार विद्युत उत्पादन सुरु हुन नसकेकाे चित्रकारले बताए ।

बर्खाकाे बाढीले जलविद्युत आयोजनासँगै स्थानीय क्षेत्रमा जन–धनमा ठूलाे क्षति पुर्याएकाे थियाे । केही स्थानीयबासी पनि बाढीमा बगेर बेपत्ता भएका कारण आयोजनाकाे काम राेकिएकाे थियाे । स्थानीयसँगकाे समझदारीपछि अहिले आयोजनाकाे कामले गति पाएकाे कम्पनीले जनाएकाे छ ।

यसअघि गत असोजमा आयोजनाकाे परीक्षण सुरु गर्ने तालिका थियाे । त्यसअघि पनि आयोजनाबाट गत असारमानै काम सम्पन्न गरी साउनदेखि विद्युत उत्पादन गर्ने तालिका थियो । तर, विश्वव्यापीमा रुपमा फैलिएको कोरोना, गत असार ८ गतेको भीषण बाढीले काम प्रभावित हुँदा विद्युत उत्पादन तालिका असोजमा सारिएकाे थियाे । 

साउन महिनामा आएकाे बाढीले आयोजनामा थप क्षति गरेपछि विद्युत उत्पादन हुने समय ६ महिना धकेलिएकाे हाे । चित्रकारले असारकाे बाढीले आयोजनामा कम असर गरे पनि साउनकाे बाढी र पहिरोले ठुलो क्षति पुर्याएको बताए ।

कोरोना (कोभिड–१९) महामारीको असरले उपकरण आयात प्रभावित हुँदा निर्माणमा भएको ढिलाइ, गत असार र साउनमा आएको बाढी र पहिरोका कारण आयोजनाको उत्पादन पटक–पटक सर्दै आएको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको बलाँच सबस्टेसनमा जोडिने छ । सबस्टेसनसम्मको आवश्यक ३७ किलोमिटर लामो प्रसारण लाइनको काम भइरहेको छ । लाइनको जग खन्ने काम सकिएको छ । टावर खडा गर्ने र तार तान्ने काम मात्र बाँकी छ ।

आयोजना सम्पन्न गर्न ३ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा एनएमबी बैंकको अगुवाईमा ६ बैंकले ७५ प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी २५ प्रतिशत स्वपुँजी लगानी छ । 

कालंगा बेसिनमा कालंगागाडसहित ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड र १०.७ मेगावाटको सानीगाड निर्माणाधीन छन् । ३ वटै आयोजना एउटै समूहले निर्माण गरिरहेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit