काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ७ तहका २५ कर्मचारीलाई ८ तहमा बढुवा गरेको छ । प्राधिकरणले कार्यक्षमता मूल्यांकन र ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा यी कर्मचारीको बढुवा गरेको हो ।
ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा २० कर्मचारी र कार्यक्षमता मूल्यांकनका आधारमा ५ कर्मचारीको बढुवा गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा अमित भगत, रश्मी अधिकारी, प्रमिला चौधरी, शिव नारायण गोशली, उपेन्द्र श्रेष्ठ, विनोद पजियार, राजमणी बजगाई, हितेन्द्र कर्ण, दिप नारायण महतो, जय कुमार यादवलाई सहायक प्रवन्धकमा बढुवा गरिएको छ ।
यस्तै, शिव कुमार थापा, हरिशचन्द धिताल, अभिषेक पोखरेल, अमिर श्रेष्ठ, ओमप्रकाश मण्डल, नगेन्द्र गुल्मी, दिपेन्द्र शाही, यदुकिशोर श्रेष्ठ र विकास बन्जारा ८ तहमा बढुवा गरिएको छ ।
कार्यक्षमता मूल्यांकनका आधारमा श्यामबहादुर बसेल क्षेत्री, सुजर रेग्मी, कपिलराज पाण्डे, पिताम्बर भुसाल र कीर्तिकान्त साहलाई बढुवा गरिएको छ ।