विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । संखुवासभा र भोजपुर जिल्लामा प्रस्तावित ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भएको छ । एसजेभिएन लोवर अरुण पावर डेभलपमेन्ट कम्पनी प्रालिले प्रस्ताव गरेको आंशिक जलाशय आयोजनाको पूरक वातावरण मूल्यांकनको काम सकिएको हो ।

प्रस्तावित आयोजना ९०० मेगावाटको अरुण–३ जलविद्युत आयोजनाको क्यासकेड हो । यस आयोजनाको क्षमता ४७४.२५ मेगावाटबाट ६६९ मेगावाट हुने गरी र सोही अनुसार आयोजनाका लागि आवश्यक संरचनाहरूको डिजाइन समेत परिवर्तन गर्नका लागि पुरक वातारणीय मूल्यांकन अध्ययन गरिएको कम्पनीले जनाएको छ ।

स्वीकृत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन २०२२ र पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन २०२३ को तुलनात्मक अध्ययन गर्दा परिवर्तित डिजाइनमा बाँध र जलाशय नरहने भएको छ ।

अहिले सुरुङको लम्बाइ र अडिटको संख्या बढेको छ । सतही विद्युतगृह र पहुँच मार्ग र परियोजनाको शिविर, उत्खनन् र माटो विसर्जन क्षेत्रको संख्या, अवस्थिति र क्षेत्रफल परिवर्तन गरिएकाले जग्गा र कटान गर्नुपर्ने रुखको संख्या पनि बढेको हो ।

पूरक प्रतिवेदन अनुसार प्रस्तावित परियोजनाका कारण ४४४ घरधुरी प्रभावित हुने छन् । प्रभावित घरधुरीमध्ये ९३ प्रतिशत आर्थिक रुपमा र ७ प्रतिशत भौतिक रुपमा विस्थापित हुने जनाइएको छ ।

२०२२ मा स्वीकृत भएको वातावरणीय प्रभाव मूल्यांकनमा ५५ मिटर अग्लो बाँध बनाउने गरी अध्ययन भएको थियो । तर, अब बाँध नरहने भएको छ । पहिले विद्युतगृह भूमिगत हुने भनिएको थियो, अब सतही हुनेछ । सुरुङको अडिट संख्या २ रहेकोमा ६ वटा पुर्याइएको छ । सुरुङको लम्बाइ १२.४ किलोमिटरबाट बढेर १७.४ किलोमिटर पुगेको छ । जग्गा पनि १६१ हेक्टरबाट बढेर १८४ हेक्टर आवश्यक पर्ने देखिएको छ । यसैगरी, यसअघि ७६६५ वटा रुख कटान गर्नुपर्ने भनिएकोमा अहिले १६१९८ रुख कटान गर्नुपर्नेछ ।

आयोजनाको निर्माण अवधि भने ५ वर्षमा सम्पन्न गर्ने लक्ष्य छ । यसअघि ७ वर्षमा पूरा गर्ने लक्ष्य राखिएको थियो । यो आयोजना सम्पन्न गर्न ९२ अर्ब ६७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit