विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले उपभोक्ताका घरमा स्मार्ट जडान गर्दा कुनै पनि शुल्क नलाग्ने बताएको छ । प्राधिकरणबाट खटिने कर्मचारीले निशुल्क मिटर जडान गर्नुपर्ने हुँदा कसैले रकम मागे नदिन आग्रह गरिएको छ ।

प्राधिकरणले आज (शुक्रबार, मंसिर १२ गते) सूचना प्रकाशित गरी स्मार्ट मिटर निशुल्क जडान गरिने सूचित गरेको छ । अहिले पहिलो चरणमा रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रअन्तर्गतका ९० हजार ग्राहकमा स्मार्ट मिटर जडान सुरु गरेको छ । अहिलेसम्म करिब १५ हजार जडान भइसकेको जनाइएको छ ।

चीनको पिंगाओ विज्डम जोइन्ट भेन्चर कम्पनीसँग ठेक्का सम्झौता गरी आयात भएका मिटरहरू जडान भइरहेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार ३२ हजार मिटर आइसकेको र बाँकी आउने क्रममा रहेका छन् ।

दोस्रो चरणमा उपत्यकाका ११ वितरण केन्द्र मध्ये ९ वटामा स्मार्ट जडान प्रक्रिया सुरु हुने जनाइएको छ । दोस्रो चरणमा उपत्यकाका ३ लाख १५ हजार ग्राहकमा मिटर जडान गर्ने कार्यक्रम छ । यसका लागि ठेक्का प्रक्रिया सुरु भइसकेको पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit