विद्युत अपडेट

  • प्राधिकरण : ६४७५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ४३५५ मे.वा.घन्टा
  • निजी क्षेत्र : १३०९० मे.वा.घन्टा
  • आयात : ११५६८ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १४३० मे.वा.घन्टा
  • ऊर्जा माग : ३६९१८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९६७ मे.वा.
२०८१ चैत २०, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पाँचथरमा निर्माणाधीन १० मेगावाटको काबेली ‘बी’–१ क्यासकेड जलविद्युत आयोजना ८० प्रतिशत पूरा भएको छ । अरुण भ्याली हाइड्रो डेभलपमेन्ट कम्पनीले निर्माण गरिरहेको यो आयोजना अन्तिम चरणमा पुगेको हो ।

आगामी मंसिरभित्र विद्युत उत्पादन सुरु गर्ने गरी आयोजनाको निर्माणलाई तीव्रता दिइएको कम्पनीका अध्यक्ष रमेशप्रसाद न्यौपानेले बताए । ‘आयोजना असोजदेखि नै प्रसारण प्रणालीमा जोड्ने योजना थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘कोरोना (कोभिड–१९) महामारीको दोस्रो लहरमा कर्मचारी तथा कामदार नै संक्रमित भई केही समय निर्माण प्रभावित हुन पुगेकाले मंसिरसम्मका लागि तालिका सारेका छौं।’

उनले आयोजनामा कार्यरत ५० प्रतिशत कामदार संक्रमित भएका बेला उनीहरूलाई आइसोलेशनमा राखेर बाँकी कामदारबाट निर्माण जारी राखिएको बताए । अहिले सबै संक्रमित कामदार निको भई काममा फर्किसकेको पनि उनले बताए ।

यो आयोजना २५ मेगावाटको काबेली ‘बी’–१ जलविद्युत आयोजनाको क्यासकेड हो । काबेली ‘बी’–१ को विद्युतगृहबाट निस्कने सबै पानीको उपयोग हुने गरी यो आयोजना निर्माण भइरहेको हो ।

काबेली ‘बी’–१ ले छोडेको पानी विद्युतगृहसम्म पठाउन साढे १२ सय मिटर कंक्रिट नहर र साढे १२ सय मिटर ‘लो प्रेसर’ पेनस्टक पाइप रहने गरी आयोजनाको डिजाइन गरिएको छ । कंक्रिट नहर निर्माणको काम पूरा भइसकेको छ । पाइप जडानको काम पनि ५ सय मिटर पूरा भइसकेको न्यौपानेले जानकारी दिए ।

विद्युतगृहमा सिभिल संरचना निर्माणको काम भइरहेको छ । साउन दोस्रो साताभित्र विद्युतगृहको छानो लगाइसक्ने योजना रहेको कम्पनीले जनाएको छ । विद्युतगृहमा जडान हुने इलेक्ट्रोमेकानिकल उपकरण भन्सार नाकासम्म आइपुगेका छन् । भन्सारमा आइपुगेका उपकरण आयोजना स्थलसम्म पुर्याइ जडान गर्न सुरु गरिने उनले बताए ।

आयोजनाको विद्युतगृहमा जर्मनीको डब्ल्युकेभीले उत्पादन गरेका इलेक्ट्रोमेकानिकल उपकरण जडान हुँदैछन् । आयोजनाको विद्युत प्रवाह गर्न प्रसारण लाइनको समस्या छैन ।

प्रसारण लाइनको समस्या नरहेका कारण लक्ष्यअनुसार नै विद्युत उत्पादन सुरु हुने कम्पनीको दाबी छ । आयोजनाले उत्पादन गर्ने विद्युत १३२ केभी काबेली कोरिडोर प्रसारण लाइनको अमरपुर सबस्टेसनमा जोडिनेछ ।

आयोजना सम्पन्न गर्न २ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । जसमा १ अर्ब ४० करोड रुपैयाँ बैंकको ऋण लगानी हो । आयोजनामा बैंक अफ काठमाडौंको अगुवाईमा कुमारी बैंकको पनि लगानी छ ।

६० करोड रुपैयाँ स्वपुँजी लगानी हो । स्वपुँजी लगानी जुटाउन कम्पनीले यसै वर्ष हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले यसअघि संखुवासभाको पिलुवा खोलामा ३ मेगावाटको जलविद्युत आयोजना निर्माण गरी विद्युत उत्पादन गरिरहेको छ ।

कम्पनीले पिलुवाको विद्युत बिक्रीबाट हुने आम्दानी सहायक कम्पनीमार्फत आधा दर्जन बढी जलविद्युत आयोजनामा लगानी गरेको छ । काबेली ‘बी’-१ क्यासकेड आयोजनामा भने कम्पनीको शतप्रतिशत लगानी छ । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३