विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार २९ गतेदेखि २३ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो । 

सय रुपैयाँ अंकित २३ करोड ६६ लाख २४ हजार रूपैयाँ  बराबरको २३ लाख ६६ हजार २ सय ४०  कित्ता सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ५ प्रतिशत हुन आउने अर्थात १ लाख १८ हजार ३ सय १२  कित्ता समुहिक लगानी कोषको लागी छुट्याएको, ३ प्रतिशत हुन आउने अर्थात ७० हजार ९ सय ८८  कित्ता कम्पनीका कर्मचारीका लागि र बाँकी रहेको २१ लाख ७६ हजार ९ सय ४०  कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको छ ।  

सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम २१ लाख कित्ता सम्म आवेदन दिन पाउँनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।

सर्वसाधरणले छिटोमा साउन १ गतेसम्म र ढिलोमा साउन ११ गतेसम्म आवेदन दिन सक्नेछनु । यो भन्दा अगाडी कम्पनीले स्थानीयका लागी सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।

५ मेगावाटको रुकुमगड आयोजना निर्माणाधीन छ । आयोजनाको काम सम्पन्न गर्न १ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा प्रामइमको अगुवाईमा सेन्चुरी र कुमारी बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी लगानी स्वपुँजी छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३