विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बुटवल पावर कम्पनी (बिपिसी) को सहायक न्यादी हाइड्रोपावर कम्पनीको सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले लमजुङमा निर्माणाधीन ३० मेगावाटको न्यादी खोला जलविद्युत आयोजनाको स्थानीयका लागि छुट्याएको साधारण सेयर आवेदन खुल्ला गरेको हो ।

सय रुपैयाँमा अंकित १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो चरणमा स्थानीयका लागि छुटयाएको सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ ।

निष्कासन भएका सेयरमध्ये अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ३, ६, ७ र ८ का स्थानीयका लागि ५ लाख कित्ता र उक्त क्षेत्रबाहेक जिल्लाको अन्य क्षेत्रमा बस्ने स्थानीयका लागि १० लाख कित्ता सेयर छुट्याएको छ । बाँकी ३ लाख कित्ता संस्थापक सेयरधनी संस्थाहरु बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीहरुका लागि  छुट्याइएको छ ।

स्थानीयले न्युनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछ । आवेदकले छिटोमा भदौ १५ गतेसम्म र ढिलो भदौ ३० गतेसम्म आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित स्थानीयले ग्लोबल आइएमई बैंकको लमजुङ जिल्लाभर रहेका शाखा, सिभिल बैंकको भुलभुले शाखा र एनएमबि बैंकको बेशीसहर शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, संस्थापक सेयरधनी संस्थाका कर्मचारीले न्यादी हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

स्थानीयको सेयर निष्कासन गरी बाँडफाँड पूरा भएपछि दोस्रो चरणमा सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ । यो कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।

कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न नेपाल धितोपत्र बोर्डबाट गत ११ गत अनुमति पाएको थियो । कम्पनीको निर्माणाधीन आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit