विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । डेढ दर्जन बढी प्रसारण लाइनले निर्माण अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएका छन् । अध्ययन सम्पन्न भएका यी लाइनले निर्माण अनुमतिका लागि विभागमा आवेदन दिएका हुन् ।

नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रले निर्माण गरेको, निर्माणाधीन र निर्माणमा जाने तयारी रहेको जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न यी लाइन निर्माण गर्न लागिएको हो ।

विभागका अनुसार विभिन्न जिल्लाको विद्युत प्राणालीमा जोड्नका लागि १९ प्रसारण लाइन आयोजनाले निर्माण अनुमतिका लागि आवेदन दिएका छन् । आवेदन दिनेमध्ये सबैभन्दा ठुलो ४०० केभी क्षमताका ३ आयोजना छन् । २२० केभीको एक, १३२ केभीका ७ र ३३ केभीका ८ प्रसारण लाइन आयोजनाले निर्माण अनुमतिका लागि आवेदन दिएका छन् ।

अध्ययन पूरा भएका ४०० केभी क्षमताका बेथान देखि दोदोधारासम्मकाे प्रसारण लाइनको नेशनल ट्रान्समिसन ग्रीड कम्पनी लिमिटेडले अध्ययन सम्पन्न गरी निर्माण अनुमतिका लागि आवेदन माग गरेको विभागको तथ्याङकमा उल्लेख छ । 

यही कम्पनीले ४०० केभीकाे दोदोधारादेखि कर्मदेवसम्म र फुकोटदेखि बेथानसम्मको प्रसारण लाइनको अध्ययन पूरा गरी निर्माण अनुमतिका लागि आवेदन दिएको छ। विभागले यी आयोजनाको अनुमति दिने काम अन्तिम चरणमा पुर्याएको छ ।

२२० केभीको एक आयोजना भने ब्लु इनर्जीले अध्ययन पुरा गरेर निर्माण अनुमतिका लागि २०७६ भदौ २० गते आवेदन दिएको छ । यस्तै, १३२ केभी क्षमताका आयोजनाले पनि निर्माण अनुमतिका लागि आवेदन दिएका छन् ।

१२१ केभी क्षमताका ४ आयोजनाको निर्माण अनुमतिका लागि प्राधिकरणले विभागमा आवेदन दिएको छ । प्राधिकरणले भुमही–होकाई, गोदक–सोयाक, लालबन्दीपुर–सलिमपुर र अमरपुर–ढुंगेसाघु लाइन निर्माण अनुमतिका लागि आवेदन दिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

नार्माजुन मादीको विद्युत प्रवाह गर्न हिमालयन हाइड्रो पावर लिमिटेडले निर्माण अनुमतिका लागि २०७८ पुस १८ गते आवेदन दिएको छ । माथिल्लो चमेलियाको विद्युत प्रणालीमा जोड्न अपि पावरले र सुपर मादीको विद्युत जोड्न सुपर मादी हाइड्रो पावर कम्पनीले लाइन निर्माण गर्ने प्रक्रिया अगाडी बढाएका हुन् । यस्तै, अध्ययन सपन्न भई सकेको ३३ केभीका ८ प्रसारण लाइनले पनि निर्माण अनुमतिका लागि विभागमा आवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३