काठमाडौँ । खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको अनिश्चिता समाधानको विकल्पस्वरूप नेपालको अग्रणी ब्रान्ड सिजीले अत्याधुनिक इन्डक्सन तथा कुकटपहरू नेपाली बजारमा ल्याएको छ । खाना पकाउने एलपी ग्यासप्रतिको पूर्ण निर्भरता कम गर्दै आन्तरिक जलविद्युत् बाटै चल्ने अन्तर्राष्ट्रिय होम एप्लायन्स ब्रान्ड 'मिडिया'का आधुनिक प्रविधिमा आधारित 'इन्डक्सन हब' बजारमा उपलब्ध ल्याएको हो ।
विद्युतीय चुम्बकीय प्रविधिबाट सञ्चालन हुने इन्डक्सन हबले छिटो, सुरक्षित तथा ऊर्जा(दक्ष तरिकाले खाना पकाउन मद्दत गर्ने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार मिडियाका इन्डक्सन हबमा 'टच कन्ट्रोल' तथा 'पुस बटन कन्ट्रोल' प्रणाली जडित छ । यसमा खाना पकाउने फराकिलो क्षेत्र, तापक्रमको विभिन्न स्तरमा नियन्त्रण गर्न सकिने, टाइमर सेटिङको सुविधा, ऊर्जा बचत प्रविधि, ओभरहिटिङ प्रोटेक्सन तथा मल्टी सेफ्टी प्रणाली जस्ता आधुनिक प्रविधिहरू समावेश गरिएको छ । कम आवाजमा सञ्चालन हुने डिजाइन र विभिन्न प्रकारका भाँडाहरू प्रयोग गर्न मिल्ने संरचनाले दैनिक प्रयोगका लागि यसलाई अझ सहज बनाउने कम्पनीले उल्लेख गरेको छ ।
उपभोक्ताको आवश्यकता र भान्सामा प्रयोग हुने भाँडाको प्रकृतिलाई ध्यानमा राख्दै कम्पनीले ३ फरक विधाका ८ वटा अत्याधुनिक कुकटप मोडलहरू बजारमा ल्याएको हो ।
तीव्र गतिमा खाना पकाउन र ऊर्जा बचतका लागि ५ किसिमका इन्डक्सन कुकटप, जुनसुकै धातुका भाँडाहरू प्रयोग गर्न मिल्ने २ वटा इन्फ्रारेड कुकटप र आधुनिक भान्साका लागि एउटै उपकरणमा इन्डक्सन र इन्फ्रारेड दुवैको सुविधा भएको १ वटा हाइब्रिड कुकटप मोडल बजारमा ल्याएको जनाएको छ ।
कम्पनीको अनुसार यस्ता कुकटपहरूमा मुख्य यन्त्र मानिने आइजिबिटी उच्च गुणस्तरको प्रयोग गरिएको छ, जसले भोल्टेजको उतारचढावलाई सन्तुलनमा राख्दै लामो समयसम्म टिका बनाउँछ । भान्सालाई प्रिमियम लुक दिन अत्यन्तै बलियो र ताप प्रतिरोधी 'हाइ–ग्रेड क्रिस्टल ग्लास' प्रयोग गरिएको छ । सहज सञ्चालनका लागि 'फेदर टच डिजिटल प्यानल र बालबालिकाको सुरक्षाका लागि विशेष 'चाइल्ड लक'को सुविधासमेत दिइएको छ । सिजीले आफ्ना उत्पादनको गुणस्तरमा पूर्ण विश्वास जगाउन सबै ८ वटै मोडलमा १२ महिनाको पूर्ण वारेन्टी प्रदान गरेको छ । विशेष गरी कुकटपको सिसा फुटेमा वा समस्या आएमा २ वर्षको विशेष वारेन्टी उपलब्ध गराइएको छ, जुन नेपाली बजारमा एक उदाहरणीय र अभूतपूर्व सेवा हो ।
कम्पनीले देशभर २१ वटा आधुनिक शोरुम र ४० वटा सेवा केन्द्रमार्फत भरपर्दो बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ । ग्राहकले यी नयाँ कुकटपहरू सिजीका आधिकारिक शोरुमहरूका साथै कम्पनीको आधिकारिक वेबसाइटमार्फत अनलाइनबाट पनि सहजै खरिद गर्न सक्नेछन्।
नेपालमा मिडियाका घरायसी उपकरणहरू सिजी इलेक्ट्रोनिक्सले आधिकारिक बिक्रीवितरण गर्दै आएको छ ।