विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । अपर अरुण हाइड्रोइलेक्ट्रिक लिमिटेडले दुई पदमा कर्मचारी माग गरेको छ । कम्पनीले करार सेवामा पदपूर्ति गर्न लोक सेवा आयोगबाट लिएको परीक्षामा उत्तीर्ण भई प्रतीक्षा सूचीमा रहेका उम्मेदवारबाट आवेदन माग गरेको हो ।

कम्पनीले तह ८ को वरिष्ठ इन्जिनियर र तह ७ को जियोलोजिस्ट पदमा एक–एक जना कर्मचारी माग गरेको छ । लोक सेवा आयोगबाट लिइएको परीक्षामा उत्तीर्ण भई २०८१ भदौ २१ देखि २०८३ भदौ २१ सम्म प्रकाशित नतिजाबाट प्रतीक्षा सूचीमा रहेका इच्छुक उम्मेदवारहरूबाट आवेदन आह्वान गरेको हाे ।

कम्पनीले ७ दिनभित्र रीतपूर्वक दरखास्त पेश गर्न आह्वान गर्दै मंगलबार सूचना जारी गरेको छ । दरखास्त फाराम कम्पनीको वेबसाइट www.uahel.com.np मा उपलब्ध रहेको जनाइएको छ ।

कम्पनीले संखुवासभामा निर्माण अघि बढाइरहेको १,०६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनासँग सम्बन्धित जनशक्ति व्यवस्थापनका लागि पदपूर्ति प्रक्रिया अघि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३