काठमाडौँ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको महाप्रबन्धकमा सीए सुदिप रोका नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको साउन १८ गते बसेको बैठकको निर्णयबाट महाप्रबन्धक नियुक्त गरिएकाे हो ।
कम्पनीका अनुसार सीए रोकालाई साउन २० गतेबाट आगामी २ वर्षको कार्यकालका लागि नियुक्त गरिएको हो । राेकासँग जलविद्युत् प्रवर्द्धक कम्पनीको उच्चव्यवस्थापन तहमा ८ वर्ष र सम्बन्धित विषयमा १० वर्षभन्दा बढीको कार्य अनुभव छ ।
कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको जलविद्युत् केन्द्र निर्माण गरी सञ्चालन गरिरहेकाे छ ।