विद्युत अपडेट

  • प्राधिकरण : ८६३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५८७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १८६९४ मे.वा.घन्टा
  • आयात : ३३०२ मे.वा.घन्टा
  • निर्यात : १४८७ मे.वा.घन्टा
  • ट्रिपिङ : १२१० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७१९ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : १९०१ मे.वा.
२०८२ जेठ ६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । लिखु खोलाको शिरलाई उत्तरकाँशीको रूपमा पनि हिन्दूहरूले लिने गरेका छन् । रामेछापको उमाकुण्ड गाउँपालिका वडा–१ मा अवस्थित यो ठाउँमा उमाकुण्ड समेत थियो । पूर्वतिरबाट आउने लिखु र पश्चिमतिरबाट आउने नुप्चे खोलाको सङ्गम उमाकुण्ड रहेको ठाउँ अहिले सुख्खा छ ।

लिखु खोलामा बाँध बाँधेर पान हिमालय इनर्जी लिमिटेडले ल्याएको पानीबाट ७७ मेगावाटको विद्युत्‌ उत्पादन गरिरहेको छ । खोलामा जलविद्युत्‌ उत्पादन भएदेखि हिउँदमा बाँधबाट एक थोपो पानी नछाड्दा अहिले खोलामा कमिला हिड्ने अवस्था आएको छ ।

लिखुको बाँधमा नुप्चे खोलाबाट समेत बाँध बाँधेर छोटो सुरुङ खनेर दोभानभन्दा माथिबाटै नुप्चेको पानी हालिएको छ । बाँधबाट पानी एक थोपा पनि नचुहिने गरी बाँध बनाएर दोभानभन्दा केहीमाथिबाट नुप्चेको पानी लिखुकोे बाँधमा खसालिएको छ । लिखु र नुप्चे खोला मिसिएपछि हिमगङ्गा पनि भन्ने गरिन्छ ।

प्रतिष्ठित व्यावसायिक घरना दुगड ग्रूपको लगानीमा ३ आयोजना निर्माण गरी सञ्चालनमा ल्याएका छन् । पान हिमालय, ग्लोबल हाइड्रोपावर एसोसिएट लि. र नुम्बुर हिमालय हाइड्रोपावर लिको नामबाट ७७ मेगावाटको लिखु १, ५५ मेगावाटको लिखु २ र ५१ लिखु ए डेढ वर्षदेखि सञ्चालनमा छन् । यी आयोजना रामेछापको उमाकुण्ड र सोलुखुम्बुको लिखुपिके गाउँपालिमा पर्छन् ।

लिखु–१ को बाँधबाट पानी नचुहिएको मात्रै होइन, लिखु–२ को बाँधबाट समेत नियमानुसार पानी छोडिएको छैन । नागरिकको गुनासो आएपछि जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौला नेतृत्वमा लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेत सहितले स्थलगत अनुगमन गरेका थिए । अनुगमनका क्रममा नदीमा पानी नछोड्दा स्थानीयले लास जलाएर अस्तुसमेत पखाल्न नपाएर त्यत्तिकै छाड्न बाध्य भएको देखिएको निरौलाले बताए । आफैँले सम्झौता गरेअनुसार पानी नछोड्ने आयोजनाका लागि आफूले कानुन पालना गराउन समन्वय गर्ने उनले बताए ।

हिउँमा खोलामा पानी घटेपछि लिखुपिके गाउँपालिका वडा नं. ५ को लिखु १ मा नुप्चे खोला र लिखु २ मा मार्बू खोलामा स्ट्रेच वेयर बाँध निर्माण गरी आयोजनाको हेडवक्स बाँधमा पानी हालिएको छ ।  विखे खोला र रामेछापको उमाकुण्डा १ को ताङदिङ खोलाको पानी समेत लगेर लिखु–१ को बाँधमा हालेको छ । नदीको सहायक खोलाको पानी आयोजनाले लगेको विषयमा स्थानीय आफैँ अन्योल छन् ।

उमातीर्थलाई उत्तर काँशीको रूपमा लिइन्छ । पवित्र स्नानस्थल, पितृ तर्पणस्थल । पुण्य प्राप्ति स्थलको रूपमा चिनिन्छ । धार्मिकस्थलमा दर्शन गर्न स्नान गर्न र पितृतर्पण गर्न आउनेका लागि नुहाउने पानी समेत नहुँदा समस्या भएको छ ।

लगानीकर्ताकै इच्छा विपरित पानी छोडिएन

लिखु खोलामा निर्मित ३ आयोजनाको लगानीकर्ता एमभी दुगड ग्रूप हो । यसका अध्यक्ष मोतीलाल दुगड हुन् । उनको आफ्नै इच्छाविपरित पनि आफ्नै जलविद्युत्‌ आयोजनाले खोलामा पानी छाडेका छैनन् ।

दुगडले आफ्नो ‘कृषि उद्यमदेखि जलविद्युत्‌सम्म’ भन्ने आत्मकथा नामक प्रकाशित पुस्तकमा जीवनको उत्तराद्र्धमा लिखुका ३ र लप्चीको एक आयोजना निर्माण आफ्नो सबैभन्दा ठूलो सफलताको रूपमा लिएको उल्लेख गरेका छन् । पुस्तकको पेज- २१९ मा ‘तीनवटै आयोजना लिखुखोलामा बनाइने हुनाले लिखुखोला हाम्रा लागि आराध्यदेवी हुन पुगेकी छन्’ भन्ने उल्लेख छ ।

सोही पुस्तकको पेज नं. २२६ र २२७ मा गङ्गारूपी लिखु र लाप्चे अनी मेरो अन्तिम इच्छा भन्ने छुट्टै शीर्षक राखेर प्राकृतिक सुन्दरता र स्थानीयसँग अपार माया र खुसीको भएको प्रसंग उल्लेख गरेका छन् – मेरो भित्री हृदयकै आवाज होः मेरो मृत्युपछि मेरो अस्तु लिखु (यसलाई श्वेतगङ्गा पनि भनिन्छ) खोलामा, थोरै लाप्चे खोलामा विर्सजन गरियोस् ।

उनले पुस्तकमा नदीहरू आफ्ना लागि गङ्गाजत्तिकै पवित्र र नदीहरूप्रति आफ्नो अत्यन्तै श्रद्धा रहेको उल्लेख गरेका छन् । दुगडले इच्छा गरेको लिखुमा अस्तु बगाउने पानी उनकै आयोजनाले बन्द गरेको छ । यसबाट स्थानीय त पीडित भएका छन् । तर भविष्यमा पनि आयोजनाले खोलामा पानी नछाड्ने हो भने उनको इच्छा पनि पूरा हुन नसक्ने स्थानीय लाक्पाफुरी शेर्पाको दाबी छ ।

प्रकृति, नदीहरूसँग यति गहिरो भावना भएका दुगडका आफूले बनाएका आयोजनाले कानुन समेत उलंघन गर्दै पानी बन्द गरेपछि मुख्य लगानीकर्ताकै भावना उल्लङ्घन गरेको हो कि भन्ने स्थानीयले बताउने गरेका छन् । कानुन अनुसार जलविद्युत्‌ आयोजनाले नदीमा भएको न्यूनतम १० प्रतिशत पानी छाड्नु पर्छ ।

गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रमुख तुलसीप्रसाद दाहालले आयोजनाले पानी नछाड्दा जङ्गली पशुपन्छी र जलचरलाई प्रत्यक्ष असर पर्ने बताए । यसले प्राकृतिक वातावरणीय सन्तुलन नै बिग्रने बताए । संरक्षण क्षेत्रभरको अनुगमनको जिम्मा लिएको संरक्षण क्षेत्रका कर्मचारीहरू आफैँ अन्यौलमा छन् । आफूहरू अनुगमनमा जाँदा पानी छोड्ने तर अन्य समयमा सुकाउने गरेको आयोजना प्रमुख दाहालले बताए तर नुप्चे खोलाको बाँधबाट बाढी आउँदा मात्रै पानी खोलामा जाने गरी बनाएकाले बाँधको डिजाइन नै परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।

आफ्नो आत्माकथामा दुगडले आफ्नो पारिवारिक पृष्ठभूमि व्यापारिक र औद्योगिक विगतको अवस्था, आफ्ना सङ्घर्षको व्याख्यासहित तस्बिरहरू समावेश गरेका छन् । पछिल्लो समय जलविद्युत्‌ क्षेत्रमा आफ्नो लगानी सबैभन्दा ठूलो उपलब्धिको रूपमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३