विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । संखुवासभामा निर्माणाधीन १०६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयाेजनाको सामग्री बोकेर उडेको सिम्रिक एयरको हेलिकाेप्टर भाेटखाेलामा दुर्घटना भएको छ । सामग्री आसार्ने क्रममा बैशाख २२ गते (शुक्रबार) दिउसो १ बजेतिर विमान दुर्घटना  भएको जनाइएकाे छ ।

हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुणको सामाग्री बोकेर उडेको हेलिकाेप्टर भोटखोला नजिकै सिप्ररुङको हम्मेडाँडाको रूखमा ठोक्किएर दुर्घटना भएको भाेटखाेला गाउँपालिकाका अध्यक्ष वाङछेदर तामाङले जानकारी दिएका छन्। उनका अनुसार विमानमा सवार सबै घाइते भएका छन् । 

अहिले आयाेजना क्षेत्रमा ड्रलिङ लगायतका काम भइरहेकाे र सामान एक ठाउँबाट अर्काे ठाउँमा सार्ने काम भइरहँदा दुर्घटना भएकाे नेपाल विद्युत प्राधिकरण माटाे ढुंगा प्रयाेगशालाका प्रमुख टीकाराम पाैडेलले बताए । उनका अनुसार हेलिकाेप्टरमा सवारमध्ये दुइ जना गम्भीर घाइते भएकाे र अहिले सबै जनालाई काठमाडाैं ल्याइसकिएकाे छ ।

हेलिकप्टरका पाइलट सुरेन्द्र पौडेलको भने टाउकोमा चोट लागेको र उनी बोल्न सक्ने अवस्थामा रहेको बताइएकाे छ । दुर्घटनास्थल तुम्लिङटार विमानस्थलबाट २० मिनेटको हवाई दूरीमा पर्ने बताइएकाे छ । सिम्रिक एयरको हेलिकाेप्टर बिहीबार काठमाडौंबाट तुम्लिङटार अवतरण भई हिजै उत्तरतर्फ उडेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३