विद्युत अपडेट

  • प्राधिकरण : ९१६० मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५५९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २३१९२ मे.वा.घन्टा
  • आयात : ५१४१ मे.वा.घन्टा
  • निर्यात : १८२२ मे.वा.घन्टा
  • ट्रिपिङ : २१५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ४८२०३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४८० मे.वा.
२०८२ जेठ २८, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

ट्रेन्डिङ

काठमाडौं । सुख्खा मौसम सुरु भएसँगै देशका अधिकांश नदी तथा खोलामा पानीको बहावमा ठूलाे परिमाणमा गिरावट आएपछि विद्युत उत्पादनमा उल्लेख्य कमी आएको छ । पानीको सतह कम भई नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको उत्पादन घट्दा याे वर्ष पछिल्लाे एक दशकयताकै कम विद्युत उत्पादन भएकाे प्राधिकरणकै आँकडाले देखाइरहेकाे छ ।

निजी क्षेत्रका जलविद्युत आयाेजनाकाे उत्पादनमा समेत व्यापक कमी आएपछि माग र आपूर्तिबीच सन्तुलन मिलाउन सकस भइरहेकाे प्राधिकरणले जनाएकाे छ । यो हिउँदमा लामो समयदेखि वर्षा नहुँदा खाेलामा पानीको बहाव घटेकाे कारण आन्तरिक उत्पादन करिब २० प्रतिशत घटेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार अहिले विद्युत उत्पादन हिउँदमा सामान्य दिनको भन्दा एक तिहाइमा झरेको छ ।

‘सरकारी स्वामित्वमा रहेको प्राधिकरणले गत वर्ष हिउँदमा आफ्नो सञ्चालित विद्युत केन्द्रबाट दैनिक ६०० मेगावाट विद्युत उत्पादन गर्ने गरेको थियो’, उनले भने, ‘अहिले २०० मेगावाटमा झरेको छ, समग्रमा २० प्रतिशतले उत्पादन घटेको हो ।’ यो वर्ष सुख्खायाममा विद्युत उत्पादन विगत एक दशकयताकै न्यून रहेको घिसिङको भनाइ छ ।

नेपालमा रहेको अधिकांश जलविद्युत आयोजना नदी प्रवाही (रन अफ रिभर) प्रकारको भएकोले पनि उत्पादन घटेको हो । वर्षा नहुँदा ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको वास्तविक उत्पादनमा समेत कमी आएको छ ।

अहिले विद्युत जडित क्षमता २२०० मेगावाट पुगेको भए पनि उत्पादन क्षमता ३५ प्रतिशतमात्र रहेको छ । माग र आपूर्तिबीचको खाडल बढेसँगै भारतबाट विद्युत आयात पनि उल्लेख्य मात्रामा बढेको छ । प्राधिकरणको अनुसार दैनिक तीन करोड युनिट विद्युत मागमध्ये करिब १ करोड युनिट विद्युत भारतबाट आयात भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३