काठमाडौं । अरुण काबेली हाइड्रो पावर कम्पनी लिमिटेडले १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले असोज २ गते बसेको सञ्चालक समितिको बैठकमा आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई लाभांश वितरण गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार चुक्त पुँजीको १० प्रतिशतले हुन आउने अर्थात १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ बराबरको बोनस सेयर दिइने छ ।
कम्पनीको पाँचथर र ताप्लेजुङ जिल्लामा पर्ने २५ मेगावाटको काबेली बी–१ जलविजद्युत आयोजना सञ्चालनमा छ । यो आयोजनाले निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।