विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ २, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बालाजु सबस्टेसनबाट सञ्चालित सबै फिडरको विद्युत लाइन काटेको छ । सबस्टेसनको ११ केभी ब्रेकर जडान गर्न शुक्रबार बिहान ७ देखि १० बजेसम्म ३ घन्टाका लागि लाइन काटिएको हो ।  

सबस्टेसनबाट सञ्चालित बालाजु औद्योगिक क्षेत्र–१, बालाजु औद्योगिक क्षेत्र–२, ढुंगेधारा, महाराजगन्ज–२, नयाँ बजार र धर्मस्थली फिडरको सेवा अवरुद्ध भएको प्राधिकरण बालाजु वितरण केन्द्रले जनाएको छ । विद्युत लाइन काटिँदा बालाजु, ढुंगेधारा, महाराजगन्ज, नयाँ बजार र धर्मस्थली क्षेत्रको सेवा अवरुद्ध भएको छ । 

शनिबार पनि मध्यान्ह १२ देखि दिउँसो ३ बजे सम्म सबै फिडरको लाइन काटिने वितरण केन्द्रले जानकारी दिएको छ । प्राधिकरणले ग्राहकलाई सूचना दिई विद्युत लाइन काटेर वितरण लाइन तथा सबस्टेसनको मर्मत गर्दै आएको छ । 


 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३