काठमाडौँ । विद्युत् विकास विभागको महानिर्देशकमा सहसचिव मनदेवी श्रेष्ठ नियुक्त भएकी छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार (असोज १० गते) श्रेष्ठ महानिर्देशक नियुक्त भएकी हुन् ।
यसअघि विभागको महानिर्देशकको जिम्मेवारीमा हरेका जीबछ मण्डललाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरी उनको ठाउँमा श्रेष्ठलाई ल्याएको हो ।
विद्युत् विकास विभागमा श्रेष्ठ पहिलो महिला महानिर्देशक भई इतिहास कायम गर्न सफल भएकी छन् । श्रेष्ठले यसअघि विद्युत् नियमन आयोगको सचिवसमेत भएर जिम्मेवारी निर्वाह गरिसकेकी छन् ।