विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ५, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले उत्पादन गरेको २२ मेगावाट विद्युत भारत निर्यात हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले रसुवामा उत्पादित उक्त आयोजनाको विद्युत निर्यात अनुमति पाएको हो ।

थप २२ मेगावाट बिजुली भारत निर्यातका लागि अनुमति पाएको प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले बताए । उनका अनुसार थप चिलिमेको २२ सँगै अब दैनिक ३८६ मेगावाट विद्युत भारत निर्यात हुनेछ ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १००.९ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री प्रस्ताव पनि अघि बढाएको छ ।

निजी क्षेत्रले निर्माण गरेका २९ मेगावाट क्षमताको लिखूखोला ए, २५ मेगावाट क्षमताको काबेली बी–१, २२ मेगावाटको माईखोला, १५ मेगावाट क्षमताको हेवाखोला ‘ए’ र १० मेगावाटको तल्लो मोदी–१ जलविद्युतगृहबाट उत्पादिते विद्युत निर्यातको प्रस्ताव गरिएको छ ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत २०७९ जेठदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारततर्फ निर्यात गरी त्यस अवधिमा करिब ८ अर्ब रुपैयाँ आम्दानी भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit