विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ कार्तिक ६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

गुल्मी । बाढीले मुसिकोट नगरपालिका– ८ स्थित कोप्चामा रहेको लघुजलविद्युत् परियोजनाको बाँध बगाइदिएपछि त्यस क्षेत्रका नागरिक विद्युत् सेवाबाट वञ्चित भएका छन् ।

स्थानीय दरम खोलाले ८० मिटरभन्दा लामो बाँध बगाइदिएपछि त्यस क्षेत्रका १ हजार ६०० भन्दाबढी घरधुरी प्रत्यक्ष रूपमा प्रभावित बनेको मुसिकोट नगरपालिका प्रमुख जीवलाल खरेलले जानकारी दिएका छन् । बाढीले बगाएको बाँध मर्मत गर्न लामो समय लाग्ने भएका कारण विद्युत् प्राधिकरणसँग समन्वय गरेर केन्द्रीय प्रसारण लाइन जोड्न पहल गरिरहेको नगर प्रमुख खरेलले बताए ।

यसका लागि नगरपालिकाले प्राविधिक पठाएर लागत मूल्याङ्कल गर्न सुरु गरेको उनको भनाइ छ । बाढीका कारण परोपकार बहुउद्देश्यीय सहकारी संस्थाबाट सञ्चालित लघु जलविद्युत् र दरमखोला लघु जलविद्युत्‌काे नहर बगाएको परोपकार बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक भुवन काफ्लेले बताए । नहर बगाएपछि विद्युत् सेवा अवरुद्ध हुँदा मुसिकोट नगरपालिकका, बाग्लुङ्को बढिगाड गाउँपालिका र गल्कोट नगरपालिकासहित त्यस क्षेत्रका ८ हजार भन्दाबढी उपभोक्ता विद्युत् उपभोग गर्नबाट वञ्चित बनेको बताइएको छ ।

उक्त क्षेत्रमा परोपकार लघुजलविद्युत्‌ आयाेजनाबाट १३५ किलोवाट र दरमखोला लघु जलविद्युत् आयाेजनाबा६ ५० किलोवाट विद्युत् उत्पादन हुँदै आएको थियो । खोलामा पानीको बहाव धेरै भएका कारण वर्षा नरोकिएसम्म नहर मर्मत गर्न समस्या परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३