विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले एकै पटक ३ दर्जनभन्दा बढी उच्च तथा सहायक कर्मचारीको सरुवा गरेको छ । संस्थाको नेतृत्व फेरिएको छोटो समयमा यति ठूलो संख्यामा सरुवा गरिएको हो ।

देशको पछिल्लो राजनीतिक घटनाक्रमपछि गठित अन्तरिम सरकारले तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा विज्ञको रूपमा सरुवा गरी उपकार्यकारी निर्देशकबाट अवकाश भएका मनोज सिलवाललाई नियुक्त गरेको थियो । सिलवालले गत असोज ५ गते पदभार ग्रहण गरेका थिए ।

कार्यकारी निर्देशकमा सिलवाल आएपछिको डेढ महिनामा प्राधिकरणका सबैजसो जलविद्युत् केन्द्र, प्रादेशिक तथा डिभिजन प्रमुखहरूको जिम्मेवारी फेरबदल गरिएको छ । केन्द्रीय कार्यालयमा समेत केही मुख्य–मुख्य विभागका निर्देशकहरूको सरुवा गरिएको छ ।

प्राधिकरणको कात्तिक १६ गतेको निर्णयअनुसार हाल बागमती प्रादेशिक कार्यालय प्रमुख रहेका टेकनाथ तिवारीलाई विद्युत् प्रणाली व्यवस्थापन विभागमा सरुवा गरी त्यहाँ ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागका निर्देशक नवराज ओझालाई ल्याइएको छ । स्मार्ट मिटरिङ तथा अटोमेसन विभागमा रञ्जु पाण्डे, कार्यकारी निर्देशकको सचिवालयका अनिरुद्ध पौडेललाई भौगर्भिक परीक्षण विभागमा सरुवा गरी उनको ठाउँमा श्रीराम पोखरेललाई तथा ग्रिड सञ्चालन विभागमा रमणराज शर्मालाई सरुवा गरिएको छ ।

कोशी प्रादेशिक प्रमुखको जिम्मेवारीमा रहेका राजीवकुमार सिंहलाई सामुदायिक ग्रामीण विद्युतीकरण विभागमा र त्यहाँका मुनिन्द्र ठाकुरलाई कोशी प्रदेशमा पठाइएको छ । मधेश प्रादेशिक कार्यालयमा शम्भु कुशियैत यादव, लुम्बिनी प्रादेशिक कार्यालयमा हरिप्रसाद पाण्डे, सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियामा मनोजकुमार यादव, ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागमा जंगबहादुर चन्दलाई सरुवा गरिएको छ ।

यसैगरी, ठूला जलविद्युत् आयोजना सञ्चालन विभागको जिम्मेवारीमा रहेका रामकुमार यादवलाई त्यहाँबाट सरुवा गरी उत्तरगंगा जलविद्युत् कम्पनीको प्रमुखमा पठाइएको छ भने त्यस ठाउँमा धिरेन्द्र चौधरीलाई ल्याएको छ । चौधरी माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्र प्रमुख थिए ।

मझौला जलविद्युत् आयोजना सञ्चालन विभागमा पवन बस्न्यात, मर्स्याङ्दी जलविद्युत् केन्द्रमा कपिलदेव मान्जन, पशुपतिराज गौतमलाई मेकानिकल सर्पोट डिभिजन, मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रमा तारादत्त भट्ट, माथिल्लो त्रिशूली त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रमा आभास ओझा, कुलेखानी प्रथममा प्रल्हाद राउत, कुलेखानी दोस्रोमा रविकिशोर दत्त, त्रिशूली जलविद्युत् केन्द्रमा सुरज दाहाल, गण्डक जलविद्युत् केन्द्रमा पुरन सोब, पुवा खोला जलविद्युत् केन्द्रमा पिताम्बर भुसाल, चमेलिया जलविद्युत् केन्द्रमा नरेन्द्र मण्डल र मोदी जलविद्युत् केन्द्रमा प्रशन्न मुनि ताम्राकारलाई सरुवा गरिएको छ ।

त्यस्तै, कुलेखानी तेस्रोमा शिवकुमार थापा, इलेक्ट्रो मेकानिकल वर्कशपमा विनोदकुमार यादव, सुन्दरीजल जलविद्युत् केन्द्रमा प्रवेशराज देवकोटा, पोखरा वर्कशपमा रविन्द्र मण्डल, सेती–फेवा जलविद्युत् केन्द्रमा अशेषबाबु तिमिल्सिना, चिरञ्जीवी आचार्य मध्यमर्स्याङ्दी (इन्जिनियर) मा, व्यापार विकास विभागमा सुरेन्द्र कार्की, हरिषचन्द्र धिताललाई ठूला आयोजना अन्तर्गत र सुमनराज मानन्धरलाई सुनकोसी जलविद्युत् केन्द्र प्रमुखमा सरुवा गरिएको छ ।

सधैँ सरुवा सम्बन्धी विवरण आफ्नो वेबसाइटमा राख्ने प्राधिकरणले पछिल्लो सूची भने राखेको देखिँदैन । यसअघि पनि कुलमान घिसिङ कार्यकारी निर्देशकको जिम्मेवारीबाट बाहिरिएलगत्तै तथा शाक्यले उक्त जिम्मेवारी सम्हालेपछि गत बैशाख र भदौमा गरी २२८ जना कर्मचारी सरुवा गरिएको थियो । अहिले फेरि तिनै कर्मचारी यता र उता पारिएको छ ।

त्यसरी निश्चित अवधि नपुगी, कर्मचारीको कार्यअनुभव र दक्षताको मूल्यांकन नगरी, तजविजका आधारमा गरिने सरुवाले संस्थामा दैनिकदेखि नीतिगत काममा असर पर्ने गरेको देखिएको छ । प्राधिकरण कर्मचारी विनियमावली अनुसार प्रत्येक २ वर्षमा कर्मचारीको सरुवा हुने प्रावधान छ । तथापि, प्राधिकरणमा यो नियम विरलै पालना हुने गरेको देखिन्छ ।

अघिल्लो पटकजस्तै यसपटक पनि बिनायोजना, क्षमता र दक्षताको मूल्यांकन तथा योग्यतालाई गहनरूपमा विश्लेषण नगरी कर्मचारी चलाइएको छ । यसले एकातिर संस्थाको नतिजामुखी काममा असर पर्ने र अर्कोतिर कर्मचारीमा नैराश्यता बढ्दै जाने देखिन्छ । आजमात्र होइन, दशकौँदेखि प्राधिकरणमा कर्मचारीको सरुवामा निश्चित विधि, विनियमावली, योगदान, दक्षता वा क्षमतालाई आधार मान्ने गरिएको पाइँदैन ।

प्राधिकरणमा नेतृत्व (कार्यकारी निर्देशक) फेरिने वित्तिकै तालुक मन्त्रालय वा मन्त्रीको स्वार्थ एवम् दबाब, कार्यकारी निर्देशकको एकल विश्लेषण र नेतृत्वको वरिपरि घुमेर स्वार्थ पूर्ति गर्ने वर्गले सिंगो प्रणालीलाई चलाइरहेका हुन्छन् । यसपटक देशको फरक परिवेशमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको जिम्मेवारीमा पुगेका कुलमान घिसिङले पनि पुरानै परिपाटीलाई अंगिकार गर्दै आफ्नो पहिलो ब्रह्मअस्त्र कर्मचारीकै लागि प्रयोग गरे ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३