विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । आम उपभोक्ताहरूमा विद्युतीय सवारी साधनप्रति आकर्षण बढिरहेको बेला इन्डोनेसियाको जेसिस्ट टेक्नोलोजीमा निर्मित जेसिस्ट राया–जी विद्युतीय स्कुटर नेपाली बजारमा आएको छ । स्कुटर एमभि दुगड ग्रुप अन्तर्गत विवेक अटोमोवाईल्स प्रालिले जेसिस्ट राया–जी इलेक्ट्रिक स्कुटर हालसालै बजारमा ल्याएको हो ।

कम्पनीले यसअघि जेसिस्ट जी वान स्कुटर बजारमा पठाएपछि प्रयोगकर्ताको राम्रो प्रतिक्रिया र अझ प्रविधिमैत्री स्कुटरको माग पश्चात जेसिस्ट राया–जी इलेक्ट्रिक स्कुटर बजारमा ल्याइएको हो । विशेषगरि युवाहरूलाई लक्षितगरी ल्याइएको यो स्कुटर नेपाली माटो र भू–धरातल सुहाउँदो भएको कम्पनीले जनाएको छ ।

विश्वभर वातावरणीय प्रदुषण बढिरहेको अवस्थामा विद्युतिय स्कुटरको प्रवर्द्धन गर्दै आम उपभोक्तालाई यसप्रति आकर्षण गर्न सकेमा वातावरणीय संरक्षणसमेत टेवा पुग्ने हुँदा विद्युतीय स्कुटर बजारमा ल्याएको कम्पनीको दावी छ ।

अत्याधुनिक प्रविधियुक्त भएको यो स्कुटर दुई वटा मोडमा चलाउन सकिन्छ । पहिलो लो मोडमा ५२ किलोमिटर प्रतिघण्टा र दोस्रो हाई मोड जसमा ७५ किलोमिटर प्रतिघन्टाको दुरीमा चलाउन सकिन्छ । यस स्कुटरको मोटर पिक पावर ३००० वाट रहेको छ ।

स्कुटरको सबै भन्दा राम्रो पक्ष भनेको मिड ड्राइभ मोटर, बेल्ट ड्राइभ सिस्टम, स्विङ आर्म सिस्टम र पछाडी मोनो सकका साथै डिजिटल डिस्प्ले रहेको छ । जसले गर्दा स्कुटर पानी, हिलो, अफ रोड (ग्रावेल), उकालो बाटोको लागि अति नै उपयुक्त छ । यसैगरी, अर्को राम्रो पक्ष भनेको मोबाइल चार्जिङ प्वाइन्ट २ वटा एकै ठाउँमा राखिएको छ । सेफ्टी सुरक्षाको लागि दुवै तिर डिक्स ब्रेक दिइएको छ भने एचआइडी प्रोजेक्शन हेड लाइट सिष्टम जडान गरिएको हुँदा रातको समयमा टाढासम्म चम्किलो प्रकाश प्रदान गर्ने भएकाले यात्रा गर्न सहज हुनेछ ।

यस स्कुटरमा ७२ भोल्ट, २० एम्पिएर क्षमताको ब्याट्री प्रयोग गरिएको हुन्छ जसलाई चार्ज फुल गर्न ३ घन्टा लाग्नेछ । कम्पनीले ब्याट्रीमा ३ वर्ष ग्यारेन्टि र १ हजार चार्जिङ साइकल दिइएको छ । त्यस्तै स्कुटरमा २ वटा ब्याट्री रहेको छ । यसको रेन्ज सिंगल ब्याट्रीले ६० किलोमिटर र डबल ब्याट्रीले १२० किलोमिटर यात्रा गर्न  सकिन्छ । साथै, यस मोडेलमा साइड स्ट्याण्ड कटआउट सेन्सर प्रदान गरिएको छ ।

राया–जी स्कुटर म्याट रातो,  म्याट सिल्भर र म्याट निलो गरि तीन वटा कलरमा उपलब्ध छ । यसको मूल्य ३ लाख २० हजार रुपैयाँ पर्नेछ, भने जेसिस्ट जी वान स्कुटरको मूल्य ३ लाख ५० हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । उच्च प्रविधियुक्त टेक्नोलाजि जडित यो स्कुटर सबैको रोजाईको साधन बन्ने कम्पनीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit