काठमाडौँ । ताप्लेजुङ र पाँचथर जिल्ला भएर बग्ने काबेली खोलामा ९ं.९४ मेगावाटको काबेली–बी १ क्यासकेड जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएकाे अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २७औँ साधारणसभा सम्पन्न भएको छ ।
कम्पनीले गत वर्षको मुनाफाबाट शेयरधनीलाई करसहित ३ प्रतिशत बोनस शेयर र ०.११७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको जनाएकाे छ । साथै, आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाबलाई छलफल गर्दै परित गर्ने र अर्को आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति गर्ने निर्णयसमेत भएकाे छ ।
यसैगरी, लिखु खोला जलविद्युत आयोजनाको निर्माणका लागि बैंक तथा वित्तीय संस्थाहरूसँग गरिएको ऋण सम्झौतामा कर्पोरेट ग्यारेन्टी दिने, नियमावली तथा प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावसमेत पारित भएका छन् । काबेली–बी १ क्यासकेड आयोजनाबाट २०७८ चैत १२ गतेदेखि व्यवसायिकरूपमा विद्युत् उत्पादन भइरहेकाे छ ।