विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज ७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

हुम्ला । सिमकोट गाउँपालिका–७ ओखरेनको पातिहाल्नमा रहेको नेपाल टेलिकमको सेवा २४सै घण्टा सञ्चालन गर्न विद्युत् सेवा जडान शुरू गरिएको छ । विद्युत् जडानका लागि ट्रान्समिटर सुर्खेतबाट सिमकोट पुर्‍याइएसँगै विद्युत् सेवा जडानका लागि जनशक्ति खटाइएको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताए । खार्पुदोभानमा १ महिना रोकिएको ३०५ क्विन्टलको ट्रान्समिटर शनिबार जिल्ला प्रहरी कार्यालय र खार्पु दोजाम प्रहरीचौकी प्रहरीको सहयोगमा पुल तारेर सिमकोट ल्याइएको उनले बताए । 

नेपाल विद्युत् प्राधिकरण हुम्लाले ट्रान्समिटर राख्नका लागि २ वटा विद्युत् पोल पनि उपलब्ध गराएको छ । सुर्खेतबाट सिमकोट हुँदै पातिहाल्नसम्मको ढुवानी उत्तरी नाम्खा र सिमकोट गाउँपालिकाले बहोर्ने अध्यक्ष भण्डारीले बताए ।

ट्रान्समिटरसहित प्राविधिकको टोली लिएर नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामा त्यहाँ पुगेका छन् । उक्त स्थानमा रहेको टावरले नाम्खाका ३ वटा वडा र सिमकोटका २ वडामा सेवा प्रवाह गरिरहेको छ ।

नाम्खा गाउँपालिकाका–१, २, ३ र सिमकोट गाउँपालिका–७, ८ नम्बर वडाका नागरिकले टेलिफोन सेवाको उपभोग गर्दै आएका छन् । यस क्षेत्रमा जडान गरिएका जस्तापाता पुराना भएर काम नगर्दा नागरिकले गुणस्तरीय टेलिफोन सेवा पाएका थिएनन् । घाम लागेको समयमा काम गरे पनि अन्य समयमा भने सेवा अवरुद्ध हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३