विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्याङ्जाको मिर्मीस्थित १ सय ४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रको दोस्रो युनिटको विद्युत उत्पादन १ महिना बन्द हुने भएको छ । जलविद्युत केन्द्रको दोस्रो युनिटको मर्मत गर्न बिहीबार बिहान ७ बजेदेखि उत्पादन बन्द हुन लागेको हो ।

नियमित मर्मत सम्भारको कामका लागि उत्पादन बन्द गर्न लागिएको जलविद्युत केन्द्र प्रमुख पशुपति गौतमले बताए । ‘हरेक वर्ष जस्तै यो वर्ष पनि तालिका अनुसार नै मर्मत गर्न लागिएको हो,’ उनले ऊर्जा खबरसँग भने, ‘उत्पादन बन्द हुँदा दोस्रो युनिटले उत्पादन गर्ने विद्युत २८ दिनका लागि प्रणालीबाट बिच्छेद हुनेछ ।’

नदी तथा खोलामा पानीको सतह बढ्न थालेकाले कालीगण्डकीको मर्मत सुरु गर्न लागिएको पनि उनले बताए । जलविद्युत केन्द्रको अहिलेको उत्पादन ७७ मेगावाट हाराहारीमा छ । यो वर्ष सुख्खायाममा सबैभन्दा कम ५० मेगावाटसम्म झरेको गौतमले जानकारी दिए ।

मर्मत अवधिभर पिकिङमा एउटा युनिट बन्द हुँदा ९६ मेगावाट मात्रै विद्युत उत्पादन हुनेछ । एउटा युनिट १ महिनासम्म बन्द हुने भए पनि विद्युत आपूर्ति व्यवस्थापनमा कुनै समस्या नआउने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

यो जलविद्युत केन्द्रको विद्युतगृहमा ४८ मेगावाट क्षमताका ३ वटा उत्पादन युनिट छन् । जलविद्युत केन्द्रले उत्पादन गर्ने विद्युत पोखरा र बुटवल क्षेत्रमा प्रवाह गरिन्छ । यो नै अहिलेसम्म सञ्चालनमा आएको सबैभन्दा ठूलो जलविद्युत केन्द्र हो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३