विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दोलखास्थित २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजनाले व्यापारिक विद्युत उत्पादन सुरु गरेको छ । २ साताको परीक्षणको चरण पूरा भएपछि आयोजनाबाट व्यापारिक उत्पादन सुरु गरिएको हो ।

आयोजनाले नेपाल विद्युत प्राधिकरणलाई औपचारिकरूपमा विद्युत बिक्री गर्न सुरु गरेको प्रवर्द्धक सिंगटी हाइड्रो इनर्जी कम्पनीका कार्यकारी निर्देशक गणेश कार्कीले  बताए । उनका अनुसार प्राधिकरणले साउन १७ गतेदेखिको उत्पादन व्यापारिक मानिएकाे चिठ्ठी कम्पनीलाई दिएको छ ।

अहिल आयोजनाले अहिले पूर्ण क्षमतामा विद्युत उत्पादन गरिरहेको छ । ‘परीक्षण उत्पादन गरेर प्राधिकरणलाई निशुल्क विद्युत दिने चरण पूरा भएपछि व्यापारिक उत्पादन सुरु गरेका छौं,’ उनले ऊर्जा खबरसँग भने, ‘अब आयोजनाले विद्युत बिक्रीबाट आम्दानी गर्न सुरु गरेको छ ।’

परीक्षणको उत्पादनको चरणमा आयोजनाले प्राधिकरणलाई ४ करोड रुपैयाँको विद्युत निशुल्क दिएको पनि उनले बताए । व्यापारिक उत्पादन सुरु भएपछि भने कम्पनीले आयोजनाबाट उत्पादन हुने विद्युत बिक्री गरी वार्षिक ७२ करोड रुपैयाँ आम्दानी गर्ने पनि उनले बताए । 

आयोजनाले गत साउन १ गतेदेखि परीक्षण उत्पादन सुरु गरेको थियो । आयोजनाको विद्युत १३२ केभी सिंगटी सबस्टेसनमा जोडिएको छ । विद्युत प्राधिकरणले १३२ केभी सिंगटी–लामोसाँघु प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालन गरेको भोलिपल्ट नै आयोजनाबाट परीक्षण उत्पादन सुरु गरिएको थियो ।

आयोजनाको निर्माण करिब डेढ वर्षअघि नै सम्पन्न भएको भए पनि प्रसारण लाइन समस्याले लामो समय विद्युत खेर फाल्नु परेको थियो । डेढ वर्षसम्म उत्पादन सुरु हुन नसक्दा आयोजनाले विद्युत बिक्रीबाट गर्ने १ अर्ब रुपैयाँ आम्दानी गुमेको थियो ।

सिंगटी सरकारले प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माण गर्न दिएका ‘सुपर सिक्स’ अन्तर्गतका ६ मध्ये एउटा जलविद्युत आयोजना हो । ६ मध्ये सिंगटी र २३.५ मेगावाटको सोलु खोला जलविद्युत आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् । ८२ मेगावाटको तल्लो सोलु निर्माणको अन्तिम चरणमा पुगेको छ । बाँकी आयोजना पनि निर्माणको विभिन्न चरणमा छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३