विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । प्रस्तावित २२० केभी तुम्लिङटार–शीतलपाटी प्रसारण लाइनको अध्ययन चालू  चालू आर्थिक वर्षभित्र पूरा हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले संखुवासभाकाे तुम्लिङटारदेखि शीतलपाटीसम्म निर्माण हुने १७ किलाेमिटर लामाे प्रसारण लाइनकाे अध्ययन २०७८ असारभित्र पूरा गर्न लागेकाे हाे । 

अहिले प्रसारण लाइन र शीतलपाटीमा २२० केभी सबस्टेसन निर्माण गर्न अध्ययन अन्तिम चरणमा पुगेकाे आयोजना प्रमुख राजन ढकालले बताए । उनका अनुसार याे प्रसारण लाइन संखुवासभा र भाेजपुरमा निर्माण हुने जलविद्युत आयोजनाकाे विद्युत प्रवाह गर्ने उद्देश्यले निर्माण गर्न लागिएकाे हाे ।

‘२०७० सालमा नै याे प्रसारण लाइन निर्माण गर्ने अवधारणा बनेकाे थियाे,’ उनले भने, ‘याे प्रसारण लाइनमा जाेडिने धेरे जलविद्युत आयोजना अघि बढिसकेकाले आगामी आवदेखि निर्माण सुरु गर्ने गरी काम गरिरहेका छाैं ।’ उनले अहिले प्रसारण लाइन र सबस्टेसनकाे वातावरणीय अध्ययन प्रतिवेदन तयार भइ स्वीकृतिका लागि विद्युत विकास विभागमा पेश गर्न लागिएकाे बताए ।

वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत भएपछि प्रसारण लाइनकाे निर्माण अनुमतिका लागे आवेदन दिइने प्राधिकरणले जनाएकाे छ । कुनै समस्या नभए पेश गरेकाे डेढ महिनाभित्र प्रतिवेदन स्वीकृत हुने ढकालले जानकारी दिए ।

अध्ययन पूरा भए लगत्तै ठेक्का आह्वान गरी सबै प्रक्रिया पूरा गरेर मंसिरभित्र छनाेट गरिसक्ने याेजना छ । छनाेट हुने ठेकेदार कम्पनीसँग ठेक्का सम्झाैता भएकाे २ वर्षभित्र प्रसारण लाइन र सबस्टेसन सम्पन्न गरी सञ्चालन गर्ने लक्ष्य छ । मंसिरभित्र ठेक्का सम्झाैता भए २०८० साल पुसभित्र प्रसारण लाइनकाे निर्माण पूरा हुने उनले बताए ।

प्रसारण लाइन निर्माण प्रक्रियालाई गति दिन नयाँ आयोजना प्रमुख नियुक्त गरेर जिम्मेवारी ताेक्न लागिएकाे पनि उनले बताए । प्राधिकरणले चैतभित्र नयाँ आयोजना प्रमुख नियुक्त गर्दैछ । 

प्रसारण लाइनकाे अध्ययन पहिले नै पूरा भइसक्ने भए पनि तुम्लिङटार क्षेत्रकाे रुटका लागि हवाइ विभागले स्वीकृति नदिँदा समय लागेकाे प्राधिकरणले जनाएकाे छ। प्राधिकरणले प्रसारण लाइनकाे रुट बदलेर प्रसारण लाइन निर्माण गर्ने सहमति जनाएपछि मात्रै विभागले स्वीकृति दिएकाे थियाे । हवाइ विभागले प्रसारण लाइनकाे फाइल २० महिना राेकेकाे थियाे ।

प्रसारण लाइन निर्माण गर्न निर्माण सामाग्री तथा उपकरण ढुवानी गर्ने तुम्लिङटार–शीतलपाटी सडक खण्डकाे स्तराेन्नति गर्नु पर्ने देखिन्छ । कच्ची सडक भएकाले बढी ताैल भएका उपकरण ढुवानीका लागि सडककाे स्तराेन्नति गर्नु पर्ने देखिएकाे हाे ।

२२० केभी काेसी काेरिडाेर प्रसारण लाइनकाे सहायक याे प्रसारण लाइन अन्तगर्त निर्माण हुने शीतलपाटी सबस्टेसनमा निजी क्षेत्रले निर्माण गर्ने ४ सेय मेगावाट बढीका आयोजनाकाे विद्युत जाेडिनेछ । याे सबस्टेसनमा जाेडिएकाे विद्युत यही प्रसारण लाइन हुँदै काेशी काेरिडाेकाे तुम्लिङटार सबस्टेसनमा लगिनेछ ।

पहिले काेसी काेरिडाेरकाे बानेश्वर सबस्टेसनमा जाेडिने गरी प्रसारण सम्झाैता भएका केही आयोजना पनि शीतलपाटीमा जाेडिने छन् । प्राविधिक कारणले तुम्लिङटार विमानस्थल नजिकैबाट बानेश्वर सबस्टेसनसम्म प्रसारण लाइन निर्माण गर्न नसकिने भएपछि निजी क्षेत्रका आयोजनाका लागि शीतलपाटीकाे विकल्प दिइएकाे हाे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit