विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मध्यभोटेकोसी जलविद्युत कम्पनीको सेयर बिक्री खुल्ला भएको छ । कम्पनीले मंगलबार (आज) बाट सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याएको सेयर बिक्री खुल्ला गरेको हो ।

प्रतिकित्ता १ सय रुपैयाँ अंकित ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर निष्कासन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निष्कासित सेयरमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिका वडा नंबर १ र ५, बाह्रबिसे नगरपालिका वडा नंबर ५, ६, ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दालाई छुट्याइएको छ ।

बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्ता सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाका लागि छुट्याइएको छ । स्थानीयले न्युनतम १० कित्तादेखि अधिकतम ४ सय कित्ता सम्मका लागि आवेदन दिन पाउनेछन् । स्थानीयले छिटोमा जेठ ४ गते र ढिलोमा जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन् ।

इच्छुक स्थानीयबासीले ग्लोबल आइएमई, लक्ष्मी, मेगा, नेपाल क्रेडिट एण्ड कमर्श, सिन्धु विकास, नेपाल इन्भेष्टमेन्ट, सिभिल, प्रभु, नेपाल बंगलादेश, कुमारी, बैंक अफ काठमाडौं र एनआईसी एसीया बैंकका सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

स्थानीयलाई छुट्याएको सेयर निष्कासन गरी बाँडफाँड गरिसकेपछि सर्वसाधारणका लागि छुट्याएको ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता सेयर निष्कासन गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले यसअघि पहिलो चरणमा कर्मचारी संचयकोषमा रकम संचित गर्ने संचयकर्ताका लागि १९.५ प्रतिशत अर्थात १ करोड १७ लाख कित्ता, संस्थापक कम्पनीका कर्मचारीका लागि ३.५ प्रतिशत अर्थात २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि १ प्रतिशत अर्थात ६ लाख कित्ता गरी कुल १ करोड ४४ लाख कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न ग्लोबल आइएमई क्यापिटलाई बिक्री प्रबन्धक तोकिएको छ । चिलिमेको सहायक मध्यभोटेकोसीले सिन्धुपाल्चोकमा १ सय २ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit