विद्युत अपडेट

  • प्राधिकरण : ९६३९ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१५५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३१८२८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ९६४९ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४१२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१४ मे.वा.
२०८१ कार्तिक २०, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । माण्डु हाइड्रो पावर लिमिटेडको १२ लाख कित्ता सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले सर्वसाधारणका लागि भदाै१० गतेदेखि निष्कासन गरेको सेयर आवेदन अवधि आज साँझ ५ बजेबाट सकिन लागेको हो । 

पहिलो चरणमा प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरीकहरूका लागि सेयर निष्कासन तथा बाँडफाँड गरी दोस्रो चरणमा सर्वसाधारणका लागि छुट्याएको १२ लाख ५ हजार ३ सय २० कित्ता सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीले सय रुपैयाँ अंकितमा प्रिमियम रकम १०६ रुपैयाँ थप गरी २०६ का दरले सेयर  निष्कासन गरेको हो । 

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सम्म आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । 

कम्पनीले २२ मेगावाको बागमती साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । सञ्चालनमा रहेको आयोजनाको कुल लागत ४ अर्ब १ करोड ९४ लाख ३७ हजार २ सय ५८ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३